सरकारले सेना खटाउन सिफारिस

सरकारले सेना खटाउन सिफारिस


तर आन्दोलनको बेला प्रहरीलाई अरू ठाउँमै परिचालन गर्नुपर्ने हुनाले सेनालाई खटाउन खोजिएको हो। यसअघि माओवादीले नेपाली सेनालाई आन्दोलनको दमन गर्न परिचालन गरिएमा दुर्भाग्यपूर्ण हुने बताएको थियो।

मे दिवसको अवसरमा माओवादीले शनिबार आयोजना गर्न लागेको जनप्रदर्शनभन्दा एकदिन अगाडि शुक्रबार राजधानीका विभिन्न ठाउँहरुमा माओवादी कार्यकर्ताहरुले मार्चपास गरेका थिए। दिउँसो राजधानीका विभिन्न ठाउँहरुमा माओवादीले चन्दा आतंक मच्चाएको भन्दै पसल तथा व्यवसायहरु बन्द गरिएका थिए। व्यवसायको वातावरण बिग्रिएकोमा आजित उद्योगी व्यवसायीको एउटा समूह राष्ट्रपतिसंग समेत भेट्न पुगेको थियो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारका अनुसार रकम तोकेरै चन्दा मागीएपछि त्रस्त बनेका व्यवसायीहरुले स्वतस्फूर्त रुपमा बजार बन्द गराएका हुन्।

नेपाल प्रहरीले आन्दोलन हिंसात्मक भएमा नियन्त्रण गर्न तयार रहेको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी विज्ञानराज शर्माका अनुसार आन्दोलन शान्तिपूर्ण हुने आशा गरिएको छ। “तर शुक्रबारमात्रै तनहुँको आँबु खैरेनीमा केही जिलेटिन तथा फ्यूजवायरहरु फेला परेको छ। आन्दोलनको बेला हामी संयमित हुन्छौं तर जनताको जीउधनमा आँच पुग्ने परिस्थिति आयो भने प्रहरी मूकदर्शक रहन सक्दैन,” शर्माले बताए। माओवादीका नेताहरुले भने आफ्नो आन्दोलन शान्तिपूर्ण हुने र जबरजस्ती चन्दा समेत नलिइएको बताउने गरेका छन्।