जनप्रगतिशील मञ्च बहराइनको श्रमिक दिवस

जनप्रगतिशील मञ्च बहराइनको श्रमिक दिवस


बहराइन । ‘राष्ट्रिय स्वाधीनता सहितको नागरिक सर्वोच्चता, जनमुखी संविधान निर्माणको निम्ति मजदुर एकता आजको आवश्यकता’ भन्ने नारासहित नेपाली जनप्रगतिशील मञ्च, बहराइनले सित्रास्थित मोःमो इन्टरनेशनल एण्ड क्याटरिङ सेन्टरको हलमा ३० अप्रिल २०१० का दिन अन्तर्राष्ट्रिय मजदुर दिवस एक कार्यक्रमको आयोजना गरिमनाएको छ । उक्त कार्यक्रमको सभापति क्षेत्रीय समिति, मानमाका अध्यक्ष श्रीमती मिना केसी (नेपाल) थिईन् । प्रमुख अतिथिमा केन्द्रीय समितिका अध्यक्ष अर्जुनप्रसाद धमला थिए भने अतिथिहरुमा बिभिन्न संस्थाका प्रतिनिधिहरु रहेका थिए । कार्यक्रमको सञ्चालन केशर बा। खत्रीले गरेका थिए । शहीदको सम्झनामा एक मिनेट मौन धारण गरी उक्त कार्यक्रम शुरुवात गरिएकामा स्वागत मन्तव्य भने अग्नि भट्टराईले दिएका थिए । एनेकपा माओवादी बिदेश राज्य समितिका इन्चार्ज कृष्णबहादुर महराले नेपालबाट पठाएका शुभकामना तथा एक्येबद्धता पत्र मञ्चमा महासचिव डबेन्द्र तिरुवाले पढेर सुनाएका थिए । कार्यक्रमको बीच बीचमा बहराइनमा कार्यरत मजदुरहरुलाई मनोरञ्जन प्रदान गर्न यस मञ्चका सदस्यहरुले बिभिन्न प्रकारका गीतहरु गाएका थिए । मन्तव्य दिन क्रममा बहराइनस्थित बिभिन्न संस्थाबाट पाल्नुहुने अतिथिहरुले श्रमिकहरुको बारेमा आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अन्त्यमा यस कार्यक्रमका सभापति मिना केसी (नेपाल)ले कार्यक्रम समापन गर्न क्रममा ‘विकृति, विसंगति र कूलतको विरोध तथा यस्ता कार्यहरुमा संलग्नता बढेका कारण समस्याहरु थपिने गरेको छ र बिकृति बिसंगति र कूलत त्यागे समस्याहरु आफै न्यूनिकरण हुनेछ र हामी सबै मजदुरको समस्याहरु हल हुँदै जाने छु भन्ने कुराहरु राख्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने यस मञ्चका सदस्यहरुलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गरेका थिए ।
-सन्तोष दाहाल