नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई लक्षित गरी बम प्रहार

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई लक्षित गरी बम प्रहार


नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्जामा बम प्रहार गरिएको छ ।

स्याङ्जाको भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किंदै गर्दा आइतबार साढे पाँच बजेतिर नेता श्रेष्ठको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको थियो ।

बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । भाग्यवस मन्त्री गोपालमान श्रेष्ठ सवार एवम उनको सुरक्षार्थ खटिएको स्कर्टिङको गाडी घटनास्थल कटेको २० सेकेण्ड पछि सो विष्फोट भएको थियो ।

करिब १० मिनेट पहिले सोही रुट भएर नेकपा एमाले र बाम गठबन्धनका कार्यकर्ताहरु सवार गाडि गएको बताइएको छ ।