महेश बस्नेतको घरमा पनि बम

महेश बस्नेतको घरमा पनि बम


निर्वाचन बिथोल्न शुरु गरिएको बम आतंकको श्रृंखला महेश बस्नेतको आँगनसम्म पुगेको छ । वाम गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवा नेता महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा बम भेटिएको छ ।

हिजो आइतबार साँझ करिब ८ बजे बस्नेतको घरको बाहिरको मूल गेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेका नेपाली सेना र प्रहरीको टोलीले राति करिब ९ बजे बमलाई निष्क्रिय गरेको थियो । उम्मेदवारको परिवार र स्थानीय बासिन्दालाई आतंकित पार्न यस्तो प्रयास गरेको हुनसक्ने अनुमान गरिएको छ । यस्तो घटनाले आफू विचलित नहुने बरु निर्वाचन जितेर जनताको सेवामा लाग्न थप प्रेरित बनेको प्रतिक्रिया उम्मेदवार महेश बस्नेतले दिएका छन् ।