थाइल्याण्डमा भिड्दै नेपाली अन्तर्राष्ट्रिय बाइक रेसर

थाइल्याण्डमा भिड्दै नेपाली अन्तर्राष्ट्रिय बाइक रेसर


थाइल्याण्डमा सम्पन्न भएको सन् २०१७ को ‘Fim asia road racing chmpionship 2017 suzuki Asia challange’ को  फाइनल खेलका राउण्ड-१ थाइल्याण्डको चाङ इन्टरनेशनल सर्किटमा सुजुकी एसिया च्यालेन्ज ड्रिमकपमा ९६ नं को जर्सी र सुजुकी बाइकमा आफ्नो पहिलो राउण्ड पार गरि नेपाली बाइक राइडर विक्रम थापा १५औं स्थानमा पुग्न सफल भएका छन् ।

यस वर्षको खेलमा भएको छनोट प्रतियोगितामा १६औं स्थान हासिल गरी १६ नम्बरको ट्र्याकमा आफ्नो खेल सुरू गरेका थापाले पहिलो चरणको खेलमा १५औं नं मा चित्त बुझाएका छन् । तर, अब  फाइनल राउण्ड-२ को अन्तिम खेलमा अझै राम्रो स्थानमा पुग्न आफू सफल हुने आत्मविश्वास उनले दर्शाएका छन् ।

एसियाका जापानलगायत २० देशका खेलाडीहरूले भाग लिएको मोटरसाइकिल रेसरहरूको यस अन्तर्राष्ट्रिय स्थानमा एसियामा १५औं नं मा नेपाललाई राख्न सफल भएका छन साहसी बाइक रेसर विक्रम थापा ।

नेपालले विगत तीन वर्षदेखि लगातार भाग लिएको यो खेलमा नेपाली बाइकरेसर विक्रमले आफू र आफ्नो देश नेपाललाई एसियन स्तरका खेलाडीको स्थानमा विश्वमै राम्रो स्थानमा स्थापित गरेकोमा आयोजक राष्ट्र र सहभागी अरू राष्ट्रका खेलाडी एवम् अफिसियलहरूले नेपालको बारेमा धेरै चासो तथा जिज्ञासा राखेका थिए ।

विश्वमै अति महँगो र खतर्नाक मानिएको यो खेलका लागि अन्य राष्ट्रमा खेलाडीका लागि आवश्यक सम्पूर्ण साधन-सुविधा र आर्थिक श्रोत आधा सम्बन्धित राष्ट्र र त्यहाँका ठूला कम्पनीहरूले ब्यवस्था गर्ने गर्छन् । तर सरूदेखि (तीन वर्ष पहिलेदेखि) नै रेसर विक्रम थापा आफ्नै साधन र स्रोत लगाएर आजको स्थानसम्म पुग्न सफल भएका छन् । यसरी एउटा नेपाली युवा बाइक रेसिङ प्रतियोगितामा होमिँदा धेरैले नेपालमा पनि यस्तो खेल खेलिँदोरहेछ भनेर यावत प्रकारका जिज्ञाशाहरू राखेका थिए ।

अरू देशका खेलाडीलाई के-कस्तो प्रकारको सुविधा छ भन्ने कुरा त उनीहरूसँगै आएका अफिसियलहरू, कम्पनीका स्पोन्सरलगायतका प्रतिनिधिहरूको हाउभाउबाट सहजै महसुस गर्न सकिने विक्रमका अभिभावक (बुबा) कपिलदेव थापाले बताए ।

आफ्नो देशमा खेलाडी भएवापत भोग्नुपरेको हजारौँ पीडालाई मन र मुटुमै लुकाएर रेसर विक्रम थापा र उनका टिममा उनले अनुबन्ध गरेका जापानी र थाइल्याण्डका सदस्यहरूले निर्धक्कका साथ सबैलाई नेपालमा पनि यो खेलको ब्यवस्था भएको र अब तपाईंहरूको सहयोग पाएमा अझ राम्रो गर्नेछौं भनी सहयोगको अनुरोध समेत गरेका थिए । सबैलाइ एकपटक नेपाल घुम्न आउनका लागि अनुरोध समेत गरि खेलाडी मात्र नभै पर्यटक दूतको समेत काम गर्न भ्याएका छन यी खेलाडीले ।

खेलाडी राष्ट्रका गहना हुन्, अमूल्य सम्पति हुन्, यिनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा राष्ट्रलाई विश्वमाझ चिनाउने काम गरेका हुन्छन् । विक्रमले पनि यही गरिरहेका छन् । यिनी र यिनको कामलाई राष्ट्रले चिन्ने कहिले ?