निर्वाचन धोका भएको आरोप लगाउँदै पूर्वराजासमक्ष बिन्तीपत्र

निर्वाचन धोका भएको आरोप लगाउँदै पूर्वराजासमक्ष बिन्तीपत्र


राजसंस्था, सनातन हिन्दू धर्मको रक्षार्थ हिन्दू राज्य र राष्ट्र बचाउने अभियानसहित शिव सेना नेपालको नेतृत्वमा बृहत राष्ट्रवादी मोर्चाले पूर्वराजालाई निर्मल निवासमा बिन्तीपत्र चढाएको छ ।

विभिन्न राजनीतिक दल दोस्रो चरणको चुनावको तयारिमा रहँदा शिव सेना नेपालले निर्वाचन धोका भएको आरोप लगाउँदै राजनीतिक दल र निर्वाचनको विरोधमा विभिन्न जिल्लाबाट आएका राष्ट्रवादीहरुको मोर्चा दोस्रो चरणको आन्दोलनअन्तर्गत महराजगञ्जबाट जुलुस निकालेर निर्मल निवास पुगेका थिए ।

जसको नेतृत्व यसका अध्यक्ष अनिल बस्नेत (बाबा)ले गरेका थिए । यसअघि पनि शिव सेनाले पहिलो चरणको चुनावको समयमा हिन्दुराज्य र राजसंस्थाको बचाऊको निम्ति पहिलो चरण सातदिने आन्दोलन गर्दै निर्वाचन धोकापूर्ण रहेको भन्दै शक्ति प्रदर्शन गरेको थियो ।

दोस्रो चरणको आन्दोलनस्वरुप वृहत राष्ट्रवादी मोर्चाअन्तर्गत हिन्दू अधिराज्य स्थापना आन्दोलन समिति, राष्ट्रिय सरोकार मन्च, श्री राम हनुमान मण्डल, विश्व हिन्दू महासंघ, नेपाल विद्वत परिषद, अन्य संघसंस्था तथा सम्पूर्ण उत्पीडित जनता एवम् व्यक्तित्व लगायतको तर्फबाट बिन्तीपत्र प्रदान गर्ने क्रममा महाराजगञ्जबाट बाजागाजासहित निर्मल निवास पुगेका थिए ।

निरन्तर आन्दोलनमा होमिएका शिव सेना नेपालले राष्ट्र प्रमुखको हैसियत स्वरुप पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेपाल र नेपालीको आस्था नेपाली जनताको चाहना राष्ट्रएकताको प्रतिकस्वरुप बिन्तीपत्र चढाइएको सो अभियानकर्ताहरुले बताएका छन् । कार्यक्रममा शिव सेना नेपालका केन्द्रिय नेता तथा देशभरबाट भेला भएका सयौँको उपस्थिति थियो ।

बिन्तीपत्र जस्ताको त्यस्तै :

श्री ५ महाराजधिराज ज्ञानेद्र वीर विक्रम शाह देव सरकार
निर्मल निवास, काठमाडौं
बिन्ती पत्र

सरकार !
नेपाल अधिराज्यभित्रका विभिन्न स्थानबाट आन्दोलनमा भाग लिन आएका नेपाली जनताहरुको ‘बृहत राष्ट्रवादी आन्दोलन’ लिएर हामी मौसुफमा बिन्ती चढाउन आएका छौं ।

यती बेला मुलुक र मुलुकबसी सम्पुर्ण जनताको कुनै न कुनै कारणबाट महाकस्ट भोगिराखेका भयाबह एंव दयनिय अवस्था देखेर मौसुफ शाहस, धैर्य र करुणाबस हामी जनतालाई बक्सेको (राष्ट्रिय राजनितिक सन्देश) ‘जनताले चाहेमा जनताप्रतिको (राष्ट्र प्रतिको) जिम्मेवारी लिइबक्सन सत्ता लिइ बक्सन तयार भइबक्सेको र अब ढिला भैसेको’ समेत महावाणिले लाखौ लाख हामी नेपाली जनतालाई अमृत एव्ं संजिवनिको काम गरेको छ ।

यसै सन्देशले मुलुक का चैतर्फी जन तालाई घर-घरमा टोल टोलमा, शहर-शहरमा, सडक सडकमा, देशमा बिदेशमा समेत अनेक प्रकारबाट जुर्मुराहट एंव आन्दोलन तुल्याएको छ ।यिनै आन्दोलित एव्ं सम्पुर्ण उत्पिडित जनताका तर्फ बाट हाम बिभिन्न संघ संस्था एव्ं व्यक्तित्व लगायत शिव सेना नेपालको अगुवाइमा हिन्दू अधिराज्य स्थापना आन्दोलन समिती, राष्ट्रिय सरोकार मन्च, श्री राम हनुमान मंडल, बिश्व हिन्दू महासंघ,नेपाल विद्वत परिषद लगायत को अग्रसरतामा यो बृहत राष्ट्रवादी आन्दोलन लिएर मौसुफमा बिन्ती टक्राउन आएक छौं, सरकार !

अब ढिला भैसकेको छ, बिलम्ब नगरि क्रुर शासक, सरकार र सत्ताको काल कोठरीबाट हामी नेपाली जनताहरुको उद्दार गरी बक्सियोस भनि यो बिन्तीपत्र चढाउछौं सरकार !

हामी हौं,
सरकारका अनन्य भक्त
बृहत राष्ट्रवादी आन्दोलन सम्पुर्ण परिवार
प्रमुख संयोजक
अनिल बस्नेत (शिव सेना नेपाल)