प्लमस्टिडमा नेपाली हिन्दू मन्दिर निर्माण गरिने

प्लमस्टिडमा नेपाली हिन्दू मन्दिर निर्माण गरिने


प्लमस्टिड । प्लमस्टिड लण्डनमा एउटा हिन्दू मन्दिर पहिलेदेखि नै भए तापनि, नेपालीहरुको यस क्षेत्रमा बसाइ-सराइको क्रम बढ्दै गएपछि नेपालीहरुले आफ्नै पहिचान झल्किने एउटा नेपाली हिन्दू मन्दिरको आवश्यकतालाई महशुस गरेर, नेपाली हिन्दू मन्दिर निर्माणका लागि केही वर्षयतादेखि लण्डनको दक्षिणपूर्वी भागमा स्थायी रुपमा बसोबास गरेका नेपालीहरुले ठूलो प्रयास गर्दै आएका छन् । होमनाथ शर्माको अध्यक्षतामा गठित नेपाली हिन्दू मन्दिर निर्माण समितिको १८ अपि्रल २०१०को दिनमा प्लमस्टिडमा बसेको बैठकले दिएको सूचनाअनुसार हालसम्म एकलाख पाउण्ड स्टर्लिङ नेपाली हिन्दू मन्दिर प्लमस्टिड, लण्डनमा निर्माण गर्नको लागि संकलन भइसकेको छ । स्मरण रहोस्, नेपालीहरुको बाहुल्यता बढ्दै गएपछि यहाँका नेपाली बासिन्दहरुले यस विषयमा ठूलो चासो देखाउँदै आएका थिए । होमनाथ शर्मा भन्दछन् – “निकट भविष्यमा नेपाली हिन्दू मन्दिर चाँडै निर्माण हुने र यस अभियानमा आफूलगायत कार्यकारी समितिका सबै सदस्यहरु लागी परेका छन् ।”
उक्त क्षेत्रमा बसेका सबै नेपालीहरुले सो मन्दिर निर्माणको लागि आफ्नो क्षमताअनुसार अर्थिक सहयोग गर्दैछन् । -सुमल, मैयूस, फोटो नेट
Picture is not relevant.