पोखराको सेती नदीमा युवक बेपत्ता

पोखराको सेती नदीमा युवक बेपत्ता


पोखरा /पोखरा चोरसाघुँमा रहेको सानीआमा प्याउली नेपालीको घरको आँगनबाट सेती नदीतर्फर्फकेर मुख धुने क्रममा अचानक नेपाली सेती नदीमा खसेको बताइएको छ।
१२ दिनअघिदेखि सानीआमाको घरमा रहनुभएकी आफ्नी आमा सकुन्तला नेपालीलाई भेट्न उनी शनिबार बेलुकी पोखरामा आएका थिए। घटनालगत्तै पुगेको सुरक्षाकर्मीको टोलीले उद्धार कार्य अघि बढाए पनि उनी भेटिएका छैनन्। सय मिटर तल नदीको पानीसम्म नै पुगेको उद्धार टोलीले उनलाई नभेटेका कारण उनी बगेको हुन सक्ने आशङ्का गरिएको छ। उद्धारका लागि जनपद प्रहरीका प्रहरी जवानहरु विकास खत्री, डिलाराम कुँवर र श्यामकान्त श्रीवास्तव सेती नदीमा पुगेका थिए। घटनापछि त्यसस्थानमा ठूलो सङ्ख्यामा र्सवसाधारणको भीड लागेको थियो।

सोही स्थानबाट आत्महत्या गर्न सेती नदीमा हाम फालेकी पोखरा-१० की २३ बर्षीय तृप्ता घर्ति मगरलाई प्रहरीले तीन घण्टा समय लगाएर आइतबार बिहान मृत अवस्थामा निकालेको थियो। मानसिक सन्तुल गुमाएकी उनी शनिबार राति करिब १० बजेको समयमा आत्महत्या गर्नकै लागि भन्दै सेती नदीमा हाम फालेको बताइएको छ।-जय, मेयूस