पेस्तोलसहित युवा र घुस रकमसहित कर्मचारी पक्राउ

पेस्तोलसहित युवा र घुस रकमसहित कर्मचारी पक्राउ


४५ थान गोली र चार वटा पेस्तोलसहित तनहुँको आँबुखैरेनी बजारबाट तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनीका अभियान श्रेष्ठ, विजय गुरुङ र जय गुरुङलाई रहेका इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । हतियारसहितका युवाहरू नियन्त्रणमा लिन नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो । पक्राउ परेका युवाहरूविरुद्ध हातहतियार तथा खरखजना ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका दुई कर्मचारीलाई तीस हजार घुस लिदा लिँदै पक्राउ गरेको छ । जग्गा हाल साविक गरी जग्गाधनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेको अवस्थामा नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाई घुस रकमसहित आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीले कर्मचारीले घुस मागेको भन्ने सूचना आयोगका कर्मचारीलाई दिएका थिए । कानुनअनुसार जग्गा हाल साविक गरी जग्गाधनी प्रमाणपत्र दिनुपर्ने भएपनि नायब सुब्बाद्वय थापा र खनालले घुस मागेका थिए । घुस मिलाउन विचौलियाको काम गर्ने कपिलदेव खड्कालाई समेत आयोगको टोलीले पक्राउ गरेको बताइएको छ ।