सिन्धुपाल्चोकमा सापकोटा र तामाङ अगाडि

सिन्धुपाल्चोकमा सापकोटा र तामाङ अगाडि


प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं १ को पछिल्लो मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटाले आठ हजार ९ सय ७ र उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले चार हजार ९ सय ४९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, क्षेत्र नं २ मा नेकपा (एमाले) का शेरबहादुर तामाङले ६ हजार ८ सय ८ मत प्राप्त गरेका छन् छ भने उनका निकटतम प्रतिस्पर्धी राप्रपा (प्रजातान्त्रिक)का पशुपतिशम्शेर जबराले ६ हजार २१६ मत प्राप्त गरेका छन् ।