तपाईंको यो साता (राशिफल, मङ्सिर २७–०४ पुस, २०७४)

तपाईंको यो साता (राशिफल, मङ्सिर २७–०४ पुस, २०७४)


मेष
कार्य सम्पादनमा सहजता मिल्नेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेमीको सहयोग पाइनेछ । साताको अन्त्यबाट सानातिना समस्यामा अल्झिनुपर्नेछ । शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । कुनै शुभकर्म गर्नुपूर्व महादेवको आराधना गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभ रङ पहेँलो हो ।

वृष
निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । साताको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ रातो हो ।

मिथुन
नयाँ सवारीसाधन प्राप्तिको योग छ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मध्यसाताको यात्राबाट खासै उपलब्धि नहुन सक्छ । वैदेशिक कार्यमा समस्या देखापर्ला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ बैजनी वा सुन्तला हो ।

कर्कट
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनुहोला । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि कालीजीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ सेतो हो ।

सिंह
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । स्वादिष्ट भोजन पाइनेछ । विज्ञान प्रविधिको सहयोगले व्यवसाय फस्टाउनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन् । अरूलाई प्रभावित पारेर काम बन्नेछ । शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ६ र शुभरङ हरियो हो ।

कन्या
आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । रविबारबाट लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ रातो हो ।

तुला
वाक्चतु¥र्याइँले सङ्कल्प सिद्घ हुनेछ । रमाइलो यात्राको योग रहेको छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । साताको अन्त्यबाट घर–व्यवहारको समस्याले सताउनेछ । सौन्दर्यमा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महासरस्वतीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ नीलो हो ।

वृश्चिक
व्यापार–व्यवसायबाट आम्दानी हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । विज्ञान प्रविधिको सहयोगले व्यवसाय फस्टाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ रातो हो ।

धनु
वाक्चतु¥र्याइँले सङ्कल्प सिद्घ हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्नेछन् । साताको पहिलो दिनबाट मनमा निराशा र शरीरमा आलस्य आउला । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ९ र शुभरङ पहेँलो हो ।

मकर
न्यायिक कार्यमा सफलता मिल्नेछ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ सेतो वा घिउरङ हो ।

कुम्भ
धैर्य एवम् लगनशीलताले अवसर दिलाउनेछ । जोस, जाँगर र उमङ्ग बढ्नेछ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । साताको अन्त्यमा शुभकार्यको चर्चा चल्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजा–अर्चना गरी गरेको लगानीबाट सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ पहेँलो हो ।

मीन
बौद्धिक विकास हुनेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । रविबारबाट महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नाक तथा घाँटीमा समस्या आउला । प्रेमी÷प्रेमिकाबीच खिन्नता बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क १ र शुभरङ रातो हो ।