अधिवेशन गर्न नचाहनुको पछाडिको कारण

अधिवेशन गर्न नचाहनुको पछाडिको कारण


-ओम भट्टराई
नेपाली जनसंपर्क समिति अमेरिकाका बर्तमान अधिवेशन तयारी समिति संयोजक तथा सम्बधित पदाधिकारीहरुले ब्यापक आर्थिक हिनामिना गरेको आशंका गरिएको छ । हालसम्म १६ ओटा च्याप्टर गठन भएको छ र लगभग ११०० साधारण सदस्यता बितरण गरिएको छ । अर्को कुरा हालसम्म अधिवेशन नभएका क्षेत्रबाट पनि क्रियाशील सदस्यता भरेको हुनाले साधारण सदस्यको संख्या अझै धेरै हुन आउछ । जनसम्पर्क समिति अमेरिकाको नियमअनुसार क्रियाशील सदस्य हुनलाई नेजस अमेरिकाको साधारण सदस्य लिनुनै पर्ने प्राबधान छ र क्रियाशील सदस्यको सदस्यता शुल्क पनि मनलाग्दो उठाएको देखिन्छ, कही ४२५।००, कही ४३५।०० र कही ४५०।०० तर नेपालमा टोटल संख्या ५०२ जनाको ४२५ का दरले १२५५० ।०० मात्र बुझाएको देखिन्छ, सो रकम पनि ब्यक्तिको नाममा चेक काटिएको देखिन्छ । जे होस्, आजका मितिसम्म साधारण सदस्यता र क्रियाशील सदस्यताबाट उठेको रकमको हिसाबकिताब देखाएको छैन । (बिस्टजीको जनसंपर्क समिति र टेक्सासमा दर्ता भएको सुरेन्द्रजीको जनसंपर्क समिति न्यू जर्सी बार्ताबाट एकीकरण भए पूर्बको हिसाबकिताब पनि खोज्न सकिन्छ तर डा अर्जुन बंजाड़े जस्तो इमानदार कोष अध्यक्ष भएका कारणले टेक्सासमा दर्ता भएको नेजससको हिसाबकिताब सही र ब्यबस्थित रहेको अनुमान छ) । महिनाको १ डलर मातृभूमिका लागि भन्ने कार्यक्रमको भावना बिपरीत, उक्त कार्यक्रमबाट उठेको रकम यत्रतत्र मनोमानी बिनियोजन भएको देखिएको छ किन ? सम्बंधित पक्षले जानकारी दिनु पर्दैन र ? तर अहिले न्यू जर्सी बार्तापछि बनेको अधिवेशन तयारी समितिका संयोजक । उहाँका पदाधिकारीले बिभिन्न च्याप्टरबाट र क्रियाशील सदस्यबाट उठेको सबै रकममा, नेपालमा बुझाएको रकम घटाएर बाकी सबै रकम बैंकमा राखेको भौचरसहित बिबरण सार्बजनिक तुरुन्त किन गरिएको छैन । कुन कुन (स्टेट) च्याप्टरबाट के कति क्रियाशील सदस्य भए । क्रियाशील सदस्यको नामावली किन सार्बजनिक गरिएको छैन । एउटा कुरा ननप्रोफिट संस्थाको बैंक खाताबाट एटीएम कार्ड बनाई यूज गरेको पनि देखिएको छ, यसो गर्न मिल्छ की मिल्दैन ? मिल्छ भने ठीकै छ ! मिल्दैन भने किन यस्तो हुदैछ ? हाल बैंकमा भएको पैसा र हुनुपर्ने पैसा लाटाले पनि हिसाबकिताब गरी के भाको हो भन्न सक्छ, बैंकको ब्यालेंस हेर्दा २५५ पनि हुनुपर्ने रकम छैन, भने पैसा कहा गयो, कसले र किन जनसंपर्क समिति जस्तो संस्थाको आर्थिक दुरुपयोग गर्यो ? यसरी सरसर्ती हेर्दा बर्तमान तयारी समितिले ४२०,०००।०० डालर लगभग तलमाथि गरेको देखिन्छ, यो आरोप होइन यो एक सदस्यका हैसियेतले जान्न खोजेको मात्र हो, होइन भने तुरुन्त हिसाबकिताब सार्बजनिक गरिनु पर्छ । आफ्नो पार्टी र आफ्नो संस्थाको लागि दुःख गरेर हाड़छाला एक गरी कमाएको पैसा दिएर सदस्यता लिएका हौ हामीले । हामी हाम्रो संस्थाको पैसा दुरुपयोग नहोस भन्न चाहन्छौ । यस संस्थामा ठूला महानुभावदेखि लिएर हामीजस्ता तल्लो लेवलका मानिसहरु पनि आबद्ध छौ, यदि संबधित पक्षले बेलैमा स्प्रस्ट र सही हिसाबकिताब सार्बजनिक नगरेको खन्डमा हामी सम्पूर्ण नेपाली कांग्रेस, नेपाली जनसंपर्क समितिका सदस्यहरु गंभीर हुनु पर्ने हुन्छ । नेपालमा पार्टी सभापति श्री सुशील दाइलाई यो कुरा जसले सक्नु हुन्छ जानकारी गराइदिनु होला, र अमेरिकामा दर्ता भएको संस्थाको अमेरिकी कानूनअनुसार नै लेखा परिक्षण तथा अनुसंधान गराइदिनु होला । यी सार्बजनिक सरोकारका कुराहरु लेखकले अनुसंधान गरी सबुत प्रमाणसहित ब्यक्तिगत रुपमा प्रकाशित गरेको हो । स्वार्थी भावना त्याग्नु पर्छ, संस्था ठूलो हुन्छ ब्यक्ति होइन, बीपीको रास्ट्रवाद र समाजवाद नबुझेको मानिस नेपाली कांग्रेस हुनै सक्दैन, नेपाली कांग्रेस नभई नेपाली जनसंपर्क समिति सदस्य नै हुँदैन, यति बुझे नेपाली जनसंपर्क समितिमा झैझगडा नै हुँदैन र जय नेपाल ।

-टेक्सास