उत्तरले आक्रमण गरे, दक्षिणद्वारा हवाइ हमला गर्ने

उत्तरले आक्रमण गरे, दक्षिणद्वारा हवाइ हमला गर्ने


लण्डन । दक्षिण कोरियाको निमित्त रक्षामन्त्रीले यदि अब उत्तर कोरियाले दक्षिण कोरियामाथि हमला गर्दछ भने बदलामा दक्षिण कोरियाबाट ठूलो कारवाही गर्दै हवाइ हमला गरिनेछ भनेर प्रतिज्ञा गरेका छन् । किम् क्वान जीनले पार्लियामेन्टमा प्रश्नोत्तरमा उक्त कुरा सम्प्रेषण गरेका हुन् । उत्तर कोरियाले दुई देशको बीचमा रहेको विवादित समुन्द्री सीमाक्षेत्र नजिकैको द्विपमा अघिल्लो सप्ताह गोलाबारी गरेर चारजना दक्षिण कोरियाका नागरिकहरु मारेका छन साथै कैयौं घरहरु ध्वस्त बनाएको छ । दक्षिण कोरियाको गुप्तचर विभाग प्रमुखले उत्तर कोरियाद्वारा फेरि पनि अर्को आक्रमण हुनसक्ने कुरा जनाएका छन् । २३ नोभम्बरको दिनमा येओनपेइओङ द्विपमाथि उत्तर कोरियाले गोलाबारी गरेर दुईजना सिभिल नागरिक र दुईजना दक्षिण कोरियाको नौसैनिकहरु मारेपछि दुई देशबीच ठूलो तनाव बढेको छ । दक्षिण कोरियाको सैनिकहरुद्वारा त्यस क्षेत्रमा सैन्य अभ्यास गरिरहेको बेलामा उत्तर कोरियाले सीमाक्षेत्रमा रहेको द्विपमाथि आक्रमण गरेको थियो ।
एसियाका मुलुकहरुमा उत्तरकोरिया र दक्षिण कोरियाबीच तीन वर्ष (१९५०-५३) महासंग्राम भएको थियो जसमा लाखौं मानिसहरु दुबै पक्षका हाताहात भएका थिए । विगत ६० वर्षदेखि यी दुई देशबीच निरन्तर तनाव रहँदै आएको छ ।
श्रोत -बीबीसी, सुमल, मेस ।