सार्कोजीलाई होँचा बडीगार्ड चाहिने

सार्कोजीलाई होँचा बडीगार्ड चाहिने


लण्डन । फ्रान्सका राष्ट्रपति सार्कोजी अहिले श्रीमती कार्ला ब्रुनीसँगै भारत यात्रामा छन् । कार्ला ब्रुनीको निधारमा लगाएको सानो रातो टीकासहितको तस्वीरहरुले सँसारभरमा व्यापक चर्चा पाउँदै गएको छ भने राष्ट्रपति सार्कोजी आफ्नो सुरक्षाका लागि तैनाथ गरिने सुरक्षा दलका व्यक्तिहरु होँचो राखिदिनका लागि माग गरेका समाचारलाई विभिन्न पत्रपत्रिकामा स्थान पाएको छ र पाँच फिट पाँच इन्चका सार्कोजी आफूभन्दा अग्ला आफ्ना बडीगार्डहरुको दलमा हास्यास्पद देखिने उनको डर त्यो पक्षबाट हेर्नेहरुले जायजै देखे पनि अन्यहरुका नजरमा उक्त माग आफै नै हास्यास्पद बनेको छ ।
बडी गार्ड काममा क्लाइन्टको अगाडि विभिन्न अवसरहरुमा गार्डहरुले ड्रेस डाउन अर्थात् क्लाइन्टभन्दा कम स्मार्ट देखिनु पर्ने सो कामको कोड अफ कन्डक्टमा राखिएको हुन्छ तर क्लाइन्टभन्दा होँचो वा आफूस्रहको उचाइ भएका क्लाइन्टको माग हुने कोड अफ कन्डक्टमा पाइएको लाग्दैन । यही वर्षको केहीअगाडि फ्रान्सकै कुनै कारखानाको स्थलगत अवलोकन गर्ने क्रममा सो कारखानामा पाँच फिट छ यन्चभन्दा अग्ला कामदारहरुलाई प्रवेश निषेध गरिएको बारे डेली न्यूजले समाचारलाई एकै प्रसंगमा सार्वजनिक गरेको छ । सोही समाचारमा, भारतीय अधिकारीहरुलाई आफ्ना सिपाहींहरु अग्ला अनि खाइलाग्दा भएकोले सार्कोजीको लागि उपयुक्त सुरक्षा दल खडा गर्न अप्ठ्यारो परेको जताएको छ ।-समाचार श्रोत: डेली न्यूज, मेट्रो, देब मेस