क्रसिङ सत्र प्रारम्भसँगै नवलपरासीमा उखु क्रसिङ शुरु

क्रसिङ सत्र प्रारम्भसँगै नवलपरासीमा उखु क्रसिङ शुरु


उखु क्रसिङ सत्र प्रारम्भ हुनासाथ नवलपरासीका प्रमुख औद्योगिक प्रतिष्ठानहरुले किसानको उखु क्रसिङ गर्न थालेका छन् । जिल्लाका प्रमुख चिनी कारखानाहरुले उखु क्रसिङ कार्य गरेलगत्तै उखुको मुल्य प्रतिक्वीन्टल पाँचसय तीस रुपैयाँमा उखु खरिद कार्य प्रारम्भ गरेको बाग्मति चिनी काराखाना कुडियाका सञ्चालक राम थापाले जानकारी दिए । हालको समयमा पाँच सय तीस रुपैयाँ भुक्तानी दिइएको छ । पछि नेपाल सरकारले उखुको मुल्य निर्धारण गरेमा सोहीअनुसार गरिने पनि उद्योगपति थापाले बताए ।

उता जिल्लाको दक्षिणी भेगमा सञ्चालित भएको इन्दिरा चिनी कारखाना गंगापुर पनि सञ्चालनमा आएको बुझिएको छ । उखुबालीलाई २०७२ सालमै राष्ट्रिय बालीको रुपमा घोषणा गरिसक्दा पनि उखु विकास बोर्ड हालसम्म गठन हुन नस्कनु चिन्ताको विषय बनेको छ । कृषिप्रधान देशमा अन्य नगदीबाली सरह उखु बालीलाई राज्य बाट अनुदान र सुविधा नदिएबाट मर्महात भएका किसानहरुले उखुबालीको विकल्पको रुपमा अन्य बालिप्रति आर्कर्षित हुन थालेको पनि बुझिन आएको छ । उखु क्रसिङ सत्र प्रारम्भ भई उखु किसानले आफनो नगदी बालीलाई चिनी कारखानामा तौल गराउने कार्य सुरु भैसक्दा पनि उखु कृषकहरुको प्रतिनिधिमुलक संस्था उखु उत्पादक कृषक समिति हालको समयमा किन निष्कृय बनेको छ, चासोको विषय बनेको छ ।

– आरपी उपाध्याय