ड्राइभरलाई लाखौं पाउण्डको टिप्स प्राप्त

ड्राइभरलाई लाखौं पाउण्डको टिप्स प्राप्त


लण्डन । एकजना ६५ वर्षीय मिनिक्याब ट्याक्सी ड्राइभरले दुर्इ लाख पचासहजार पाउण्डको रकम आफ्नो जीवनकाल भरिको ग्राहकबाट प्राप्त भएपछि अस्ति आफ्नो कामबाट अवकाश लिएका छन् । ती महिला नियमित सवारले आफ्नो मृत्युपश्चात् वसियतनामामा आफूसँग रहेको दुर्इ लाख पचासहजार पाउण्ड र एउटा सानो घर ट्याक्सी ड्राइभार डान प्राटलाई लेखिदिएकी रहिछन् ।
डान प्राटलाई मेरी वाटसन् नाम गरेकी ती महिलाले यत्रो रकम आफूलाई देलान् भन्ने केही भनक नभएको कुरा प्रकाश पारेका छन् । डान प्राटले मेरी वाट्सानलाई पछिल्लो २० वर्षदेखि चिनेको र आफूले ट्याक्सीमा ग्राहकअनुरुप सेवा दिएको कुरा बताएका छन् । उनका अनुसार उनी अत्यन्त भद्र थिईन् । एकदिन उनलाई मेरीले आफू मरेर जानुअघि उनलाई केही दिएर जानेछु भन्ने आश्वासन दिएकी कुरा प्रकाश पारेका छन् । त्यतिबेला आफूले केही नुनको सोझो मात्र ठानेको तर उनले आफूलाई यति धेरै सम्पत्ति छाडेर जानेछिन् भन्ने एक अंश पनि नचिताएको समाचारमा भनेका छन् । मर्नुअघि वाटसान् केही वर्षयतादेखि न्यूकी, कर्नवाल, नर्दम्पटनको केयरहोममा सरेर गएपछि डान प्राटले भेटेका थिएनन् । श्रीमती वाटसान्को देहान्तपछि उनका वकिलले डान प्राट संग एक्कासी सम्पर्क गरेर उनलाई सबै सम्पत्ति वसियतनामामा लेखिदिएको सूचना भर्खरै दिएका थिए ।
जीवनभरि ट्याक्सी चलाएर जिविका चलाएको ६५ वर्षीय डान आफ्नो ६३ वर्षीय पत्नी गीलसँग यो रकम प्राप्त भएपछि इंग्ल्याण्ड, स्कटल्याण्ड, वैल्स र आयरल्याण्डका विभिन्न भागहरु भ्रमण गर्ने ईच्छा जाहेर गरेका छन् । उनी अघि बताउँछन् -‘मलाई देशभरिको आफ्ना ग्राहकहरुलाई देशको कुना-कुनासम्म पुर्‍याएर सेवा दिने अवसर अब प्राप्त हुने छैन ।’ उनले जीवनमा टिप्सस्वरुप प्राप्त गरेको सबैभन्दा ठूलो राशी भएको प्रशन्नता जाहेर गरेका छन् । श्रोत – मेट्रो, सुमल, मेस