हिउँदका लागि वर्षातको पानी

हिउँदका लागि वर्षातको पानी


पर्वत, नेपाल – विश्वमा ब्राजीलपछि नेपाल पानीको लागि दोश्रो धनी राष्ट्रमा पर्दछ, तर, त्यही नेपालमा राजधानीलगायत गाउँ-गाउँसम्म पानीका लागि हाहाकार मच्चिएको छ । पानीको अभावमा काकाकुलको नियति भोग्न बाध्य नेपालीहरुले अर्को राम्रो विकल्प खोज्न थालेका छन् । पर्वत जिल्लाका स्थानिय बासिन्दाहरु अहिले घरघरमा पानी घैंटा निर्माण गरेर यो वर्षातको मौसममा हिउँदका लागि पानी संकलन गर्न थालेका छन् ।
हिउँदका लागि काकाकुलको नियति भोग्दै आएका पर्वत उरामपोखरा गा.वि.स. वडा नम्बर १ र २ का ४९ घरमा एक एक वटा पानी घैंटा निर्माण गरिएको हो । चौतर्फी विकास श्रोत मञ्च, पर्वतको सामजिक परिचालनमा स्वास्थ्यका लागि घरघरमा घैंटा निर्माण गरिदिएपछि अब आउने हिउँदहरुमा विगतको जस्तो अवस्था भोग्न नपर्ने भन्दै स्थानीय वासीहरु खुशी भएका छन् । स्थानीयवासी लालश्री थापाले घैंटा निर्माण भएपछि भगवान नै आएजस्तो भएको छु भन्दै खुशी व्यक्त गरेका छन् । उनले हिउँद लाग्नासाथ पानीको समस्याको कारण गाउ“लेहरुलाई सधै चिन्ताले छुने गरेको जानकारी दिदै भने, “हाम्रा लागि घरघरमा घैटा निर्माण गरिदिने निकाय साँच्चिकै हाम्रो लागि भगवान नै हो” भन्दै सहयोग गरेका संस्थालाई प्रशंसा गरेका छन् ।
नेपाल जस्तो पानीको धनी राष्ट्रमा यस्तो नियति भोग्नु पर्ने जनता र सरकार सबै पक्षबाट यदि समयमा नै बुद्धि पुर्‍याएर पानीको सहि योजना तर्जुमा गरे आम नेपालीहरुको जीवनमा सुधार आउने थियो । घैंटो निर्माण गरेर पानीको संकलन हुन थालेपछि गाउँलेहरुले चाडपर्व मनाएजस्तै खुशियाली मनाएको कुरा चौतर्फी मञ्चका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जनाएका छन् । सुमल, मेस