सोपाल समाज यूकेको प्रथम महाधिवेशन सम्पन्न

सोपाल समाज यूकेको प्रथम महाधिवेशन सम्पन्न


लण्डन । गत २९ मे, २००९ मा सोपाल समाज यूकेको प्रथम अधिवेशन गुर्खा तन्दरी र, स्टान्मोरमा समाजका अध्यक्ष विजय बहादुर गुरुङले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । सोपाल बासीहरुको महत्वपूर्ण भेलाले गत २६ जुलाई, २००८ का दिन महत्वपूर्ण फड्को मारी उक्त दिन बसेको भेलाले विजय बहादुर गुरुङको अध्यक्ष्यतामा यूकेमा बस्ने सोपालबासीहरुको आधिकारिक संस्था सोपाल समाज यूकेको स्थापना भएको थियो ।
खुला र बन्द सत्र गरी दुर्इ सत्रमा सम्पन्न भएको अधिवेशनमा कोषाध्यक्ष धन बहादुर गुरुङले आर्थिक प्रतिवेदन गरेपछि क्रमश उक्त आर्थिक प्रतिवेदनमा वृहत छलफल गरी सौहार्दपूर्ण वातावरणमा सर्वसम्वतद्वारा पास भएको थियो । महासचिव करम गुरुङले सँस्थाको महत्वपूर्ण गतिविधि तथा प्रगतिको विवरणहरु प्रस्तुत गरेका थिए । सोपाल समाज यूकेको स्थापना भएको छाटो समयमा नै समितिले गरेका केही महत्वपूर्ण सहयोगहरु जस्तै, नेपालका राष्ट्रिय फुटबल खेलाडी तथा सोपाल समाजबासी अनिल गुरुङ खेलको अवसरको लागि यूके आइपुगका र अध्यागमन समस्याले नेपाल फर्कन पर्नु भएको हुँदा उनलाई एभरेष्ट रेष्टुरेण्टमा, स्टान्मोरमा २४ सेप्टेम्बर, २००९ मा एक सम्मान तथा सहयोग साँझको आयोजना गरी नगद ५०० पाउण्डसहित उपहारहरु दिई बिदाइ कार्यक्रम सम्पन्न गर्‍यो । देउसी भैलो कार्यक्रमको आयोजना गरी यूकेको विभिन्न भागहरुमा भव्यताकासाथ देउसीभैलो खेली घरघरमा पुगेर शुभआशीष बाँडेर रमाइलो गर्दै ६ लाख ४० हजार रुपैया रकम उठाउन सफल भयो र ती सबै रकमहरु सोपाल मूलघरको विभिन्न विकास निर्माणको कार्यहरुका लागि अनुदान प्रदान गर्‍यो । राम गुरुङ (शिरुबारी) अध्यायगमनको समस्याले अकस्मात नेपाल जान पर्ने भएकोले उनकी श्रीमती ज्योति गुरुङ एक्लै बस्दै आएकी र भर्खरै छोरासमेत पाएकी अनि केही आर्थिक सहयोगसमेत गर्नपर्ने देखिएकोले कार्यसमितिको बैठकले निर्णय गरी नगद जम्मा ५६० पाउण्ड कोषबाट र अन्य सहयोग ९४० पाउण्डसमेत गरी १५०० पाउण्ड जम्मा प्रदान गर्‍यो । नविन परियार पोखरा नेपालबाट उच्च शिक्षाको लागि यूके आई पुगेका र अचानक ब्लड क्यान्सरबाट बिरामी भएपछि संयोगले श्रीमती पार्वती गुरुङसँग भेट भई आर्थिक सहयोगको लागि अनुरोध गरेको हँदा उनकै सक्रियातामा आर्थिक सहयोग जम्मा ५१५ पाउण्ड उठाएर सहयोग गरियो । त्यस्तै छिमेकी गाविस अर्जुन चौपारी बजारको पञ्च कन्या उच्च माध्यमिक विधालयबाट आर्थिक सहयोगको लागि अपील भएको हुँदा सोपालबासीहरु र अन्यमहानुभावहरुसँग उठाएर जम्मा ने.रु. १०१६२८.००(एक लाख एक हजार, छ सय अ्ठाइस् रुपैंया) सहयोग गरेकोसमेत गरेको महासचिवले प्रगति विरणमा प्रस्तुत गरेकाथिए । उक्त प्रतिवेदन उपर वृहत छलफल गरी सौहार्दपूर्ण वातावरणमा सर्वसम्वतद्वारा धन्यवादसहित पास गर्‍यो ।
विधान संशोधन समितिका संयोजक क्या. राजेन्द्रमान गुरुङले विधानमा बाझिएका केही धाराहरुमा थप गर्नु पर्ने आधारहरु प्रस्तुत गरेपछि ती धाराहरु ससर्त पास भए । निर्वाचन समितिका संयोजक आइतराम गुरुङले सर्वसम्वतद्वारा अन्तत क्या. प्रेम बहादुर गुरुङको अध्यक्ष्यतामा १९ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्‍यो र अन्यमा क्रमशः उपाध्यक्षहरुमा पार्वती गुरुङ, करम गुरुङ, महासचिवमा युक्त बहादुर गुरुङ, सचिवमा राम बहादुर गुरुङ, कोषाध्यक्षमा ले.भीम बहादुर गुरुङ, टीका कुमारी गुरुङ र सदस्यहरुमा क्रमश, चिन कुमार गुरुङ, अर्जुन कुमार गुरुङ, धन बहादुर गुरुङ , लैंच कुमार गुरुङ सूर्य कुमारी गुरुङ, ध्रुव कुमार गुरुङ, टेक बहादुर गुरुङ, रुपेश गुरुङ रहेका र बाँकी दुर्इ सदस्यहरु पछि थप गर्न नयाँ कार्यसमितिलाई जिम्मा प्रदान गर्‍यो । निर्वाचित सम्पूर्ण कार्य समितिका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइयो ।
कार्यक्रममा विभिन्न महानुभावहरुले निवर्तमान कार्यसमितिका सदस्यहरुलाई धन्यवाद र वर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामाना तथा बधाइज्ञापनसमेत गरेका थिए । साथै स्वागत मन्तव्य क्या. प्रेम बहादुर गुरुङले दिएका थिएभने कार्यक्रमको सञ्चालन प्रथम महाअधिवेशन संयोजक करम गुरुङले गरेका थिए ।
-करम गुरुङ