चिया र कफीबाट हृदयघातको खतरा कम

चिया र कफीबाट हृदयघातको खतरा कम


लण्डन । वैज्ञानिक अनुसन्धानबाट चिया र कफीको चाँहिदो सेवनबाट तपाईंलाई हृदयघातबाट मृत्यु हुने अवसर पाँचमध्ये एक हिस्सामा कमी ल्याउने तथ्य पता लगाएको छ । साथसाथै अनुसन्धानले अर्को तथ्य के पनि देखाएको छ भने तपाईलाई अरु बिमारीहरुबाट बचाउ“छ र यसको सेवनले पक्षाघातबाट पीडित हुने डर पनि कम रहन्छ ।
नेदरल्याण्डका डाक्टर यिभोन भान डेर स्चो जो युनिभर्सिटी मेडिकल सेन्टर, अट्रेच्टमा दीर्घरोगसम्बन्धी प्रोफेसर हुन् काअनुसार, “हाम्रो अनुसन्धानको नतिजाले के देखाएको छ भने कुनै पनि कारणवश हृदयघात अथवा मृत्यु हुने जोखिमहरु चिया र कफीको सेवनबाट फाइदा भएको भेटिएको छ” भनेर प्रकाश पारेका छन् । यस विषयमा अनुसन्धान गर्नको लागि उनको अनुसन्धान टोलीले विगत १३ वर्षदेखि चिया र कफी सेवन गर्ने ३७,५१४ जनालाई हृदयघात र मृत्युलाई लिएर अनुगमन गरेर अध्यायन गरिएको कुरा प्रकाश पारेका छन् । यसमा के दखियो भने चियाले यी बिमारीहरुलाई कमी गर्नुमा ठूलो प्रभाव पारेको र ठूलो परिमाणमा कफी सेवन् गरे पनि यसले फाइदा दिएको अध्यायनबाट प्राप्त भएको छ ।
यस स्तम्भकारले आफ्नै जीवनकालमा एकजना बज्यैले आफ्नो जीवनकालभरि बिहानदेखि बेलुकीसम्म कैयौकप चिया सेवन गरेकी देखेको थियो । उनलाई कहिल्यै पनि बिमार भएको र बिस्तरामा कुनै कारण बिमार भएर सुतेकी देखेको थिएन । तर, उनले यति विघ्न चिया पिएको स्मरण छ कि उनले घरमा दिनभरि चियाको केतलीभरि चिया तयार बनाएर राखेकी हुन्थिन् । घरमा आउने पाहुनालाई सबैभन्दा पहिले चिया दिन्थे र आफैले पनि एक कप लिई हाल्थिन् । उनले आफ्नो साबिकको उमेर कुनै बिनाबिमारी बा“चिन् । स्तम्भकारलाई सम्झना छ, उनी लगभग ८५ वर्ष बा“चेर बितिन्, त्यतिबेला नेपालीहरुको औसत उमेर केवल ५६ वर्ष जति थियो । यो कुरा आजभन्दा लगभग २६, २७ वर्ष पहिलेको हो ।
डाक्टर यिभोनको अनुसन्धानले के पता लगाएको छ भने ४५ प्रतिशत मान्छे जसले दिनमा तीनदेखि चार कपसम्म चिया सेवन गर्छन् उनीहरुको मुटुको बीमारी हुने समस्या दिनमा एक कप चियाखानेहरु भन्दा कम भएको पाइएको छ । दिनमा ६ कपभन्दा बढी सेवन गर्नेहरुमा ३६ प्रतिशत हृदय बिमारी हुनेबाट जोगिने अवसर प्राप्त गरेको अध्ययनले देखाएको छ । यो पनि खुशीको खबर छ कि दिनमा हल्का दुर्इदेखि चारकपसम्म कफी सेवन गर्नेहरुले पनि २० प्रतिशत मुटुको रोगहुने समस्यालाई टार्नसक्छन् । अनुसन्धानले चिया र कफीको माध्यमबाट शरीरभित्र जम्मा भएका विकारहरु सफा गर्छ र स्नायुप्रणाली साथै रक्तविकारहारुबाट शरीरलाई खराब हुनुबाट जोगाउ“छ । अनुसन्धान टोलीले आफ्नो अनुसन्धानको दस्तावेज अमेरिकन हार्ट एसोसियसनको पत्रिकामा प्रकाशित गरेका छन् जसमा उनीहरुले चिया र कफी सेवन गर्ने व्यक्तिहरुको विभिन्नखाले आचरण अथवा व्यबहार भएकोबारे पनि प्रकाश पारेका छन् । उदाहरणको लागि चिया कफी पिउने व्यक्तिहरुले प्रायजसो सिगरेट सेवन गर्ने र आफ्नो स्वास्थ्यबारे डाइटमा ध्यान नदिने गर्छन् । संसारमा अहिलेसम्म अनुसन्धान गरेका दुर्इवटा सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थहरु बारेको अनुसन्धान् यो पहिलो भएको दाबी गरेका छन् । अरु बिमारीहरु जस्तै क्यान्सर, मधुमेह, थकान र डण्डिफोर जस्ता रोगहरुबाट पनि बचाउ गर्ने कुरामा अनुसन्धान टोलीले विश्वास दिलाएका छन् । अर्को तथ्य के पनि प्रकाश पारेका छन् कि बढी सेवनबाट उच्च रक्तचापका रोगीहरु र हातगोडा दुख्ने र सुन्निने बिमारीहरुका लागि रोग बढ्न सक्ने बताएका छन् ।
बि्टिश हार्ट फाउन्डेशनकी सिनियर कार्डियक नर्स एलियन मेसोन भनेकी छिन्, “यस अध्ययनले सन्तुलित चिया कफी सेवन गर्ने व्यक्तिहरुको लागि हानिकारक नभएको कुरामा ठूलो प्रमाण साबित भएको छ र हृदयघातबाट मर्ने जोखिमलाई कम गर्ने तथ्या प्राप्त गरेको छ” । तर, अर्को भनाइमा तपाईंले एक कप चिया पिउँदै गर्दा एउटा सिगरेट पनि सल्काउनु हुन्छ भने यो कुरा लागू हु“दैन ।
-सुमल, मेस