जनजाति महासंघ हङकङको पाँचौँ महाधिवेशन

जनजाति महासंघ हङकङको पाँचौँ महाधिवेशन


हङकङ । गत १२ जुन आइतवारको दिन आदिवासी जनजाति महासंघ हङकङको पाचौँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले एम. बी. थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्ष महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः रिता गुरुङ, निमादोर्जी शेर्पा, राम सुनुवार र किरात याक्थुङ चुम्लुग निर्विरोध निर्वाचित भएको छन । स्मरण रहोस्, भर्खरै हङकङ आएका संखुवासभा निवासी महासचिव निमादोर्जी शेर्पा सन् २००७ को सगरमाथा सफल आरोही हुन् । यसैको सिलसिलामा एक जनजाति सुपुत्रको हैंसियतले अध्यक्ष भूपेन्द्र चेम्जोङले सोही समारोहमा खादा ओढाएर उनको साहसको कदर गरेका थिए ।
हेनरी जी लेयङ कम्युनिटी सेण्टरमा सम्पन्न सो अधिवेशनको निम्ति प्रमुख अतिथि तामाङ संस्कृतिको लामो समयदेखि संरक्षण गर्दै आएका गान्वा समग्र जनजातिकै मान्नार्थ अविभावक कुलमान तामाङ अतिथिहरु नेपाली महासंघ हङकङ अध्यक्ष प्रदिप थापा मगर, एनआरएन अध्यक्ष त्रिलोक गुरुङ, अतिथिहरु बृटिस गोर्खा सैनिक संघ अध्यक्ष हेम बहादुर तामाङ, फियोना हङकङका अध्यक्ष बसन्त राईले जनजातिहरुको हक हित र अधिकार क्षेत्र कर्तब्यको ब्याख्या गर्दै एक जुट हुनुपर्ने आवश्यक्ता औंल्याउँदै राम्रो चुस्त दुरुस्त नयाँ कार्य समिति बन्ने अभिलासा आफ्नो मन्तब्य क्रममा ब्यक्त गरेका थिए ।
अतिथि बक्ताहरुले बोल्ने क्रम सिद्धिएपछि अन्तिममा अध्यक्ष भूपेन्द्र चेम्जोङले आफ्नो कार्यकालको केही उठाउन आवश्यक प्रसङ्गहरु उठाउँदै आफूलाई तन-मन-धनले साथ सहयोग दिने कार्य समितिका सम्पूर्ण निवर्तमान सहयात्री सदस्यहरुलाई धन्यवाद दिँदै विधानतः समिति विघटन गरेका थिए ।
यसपछि चिया चमेनाको समयपछि ईन्द्र सिंह राईको अध्यक्षतमा चुनी गुरुङ र डम्बर गुरुङ सदस्य रहेको अध्यक्ष मण्डलले बन्द सत्रको कार्यक्रम अगाडि बढाएकोथियो । बन्द सत्रमा कोषाध्यक्ष गेन र्राई धेरै पहिलेदेखि नेपाल रहेकोकारण आधिकारिक अधिराज राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए भने सचिव मिन गुरुङले कार्यप्रगति विवरण तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तीन महिनाभित्र तयार पार्ने गरेर भक्त दुरा, निवर्तमान जनजाति अध्यक्ष भूपेन्द्र चेम्जोङ र किरात राई यायोक्खा अध्यक्ष किसन राईको एक विधान समिति विधिवत खडा गरिएको छ ।
अध्यक्ष मण्डलले नै निर्वार्चन कार्य पनि सम्पन्न गरेको थियो । नया कार्य समिति चयन भइसकेपश्चात् निर्वाचन आयुक्त तथा अध्यक्ष मण्डलका अध्यक्ष ईन्द्र सिंह राईले सपथ ग्रहण गराएपछि कार्यक्रम समापन गरिएको थियो ।
सो दिनको अघिल्लो सत्रको औपचारिक कार्यक्रमको सभापतित्व अध्यक्ष भूपेन्द्र चेम्जोङले गरेको थिए भने कार्यक्रम सञ्चालन सचिव मिन गुरुङले गरेका थिए र संस्थाको उपाध्यक्ष बिष्णु पाख्रिनले स्वागत भाषण गरेका थिए । प्रमुख अतिथि कुलमान तामाङले दीयो प्रज्वलित गरेर पाँचौँ महाधिवेशनको उघाटन गरेको थिए ।
-भूपेन्द्र, हङकङ मेस