इजरायलमा मेरो सन्देश सांस्कृतिक साँझ

इजरायलमा मेरो सन्देश सांस्कृतिक साँझ


तेल अभिभ इजरायल । मेरो सन्देश डट कमको आयोजनामा १९ जुन २०१० शनिवारको दिन तेलअभिवको सेन्ट्रल बसपार्क नजिकैको चिल्ड्रेन पार्कमा मेरो सन्देश सांस्कृतिक साँझ सम्पन्न भएको छ ।
उल्लेख्य नेपाली कामदारहरु तथा इजरायली नागरिकहरुको समेत उपस्थिति रहेको उक्त सास्कृतिक कार्यक्रम इजरायलबाट संचालित मेरो सन्देश डट कमको चिनारीको लागि गरिएको बताइएको छ ।
मेरो सन्देश डट कमकी सह कार्यक्रम निर्देशिका प्रिया शर्माको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिका लागि नेपाली राजदूतावास इजरायलका महामहिम राजदूतलाई निमन्त्रणमा गरिए पनि उनीलगायत दूतावासका कुनै पनि कर्मचारीको उपस्थिति नरहेकोले प्रमुख अतिथिको आशन रिक्त रहको कार्यक्रम आयोजक मेरो सन्देश डट कमका संचालक कृष्ण थापाले जानकारी दिए ।
कार्यक्रमकी सभापति प्रिया शर्माद्वारा लीप प्रज्वलन गरी शुरुवात गरिएको उक्त कार्यक्रमको सुरुवातमा इजरायलमा रहेका सामाजिक संघ-संस्थाका प्रतिनिधिहरु, नेपाली कामदारहरुको सहयोगको लागि स्थापना भएका इजरायलीहरुलाई संचालित सामाजिक संघसंस्थाका प्रतिनिधीहरु, इजरायलबाट संचालित एक मात्र अनलाइन न्यूज मिडिया नेपाल इजरायल डट नेटका प्रतिनिधि लगायतका व्यक्तित्वहरुलाई आशन ग्रहण गराइएको
थियो ।
कार्यक्रममा मेरो सन्देश डट कमकी कार्यालय व्यवस्थापक रुपा घिमिरेले स्वागत मन्तव्य दिएकिथिईन् भने कामदारहरुको हतहितको निम्ति स्थापना गरिएको क्वाख्ले ओभदिमकी रोनी नामक इजरायली महिलाले नेपाली भाषामै मन्तव्य दिएकी थिईन् । मन्तव्यमा क्वाख्ले ओभदिम नेपाली कामदारहरुको आफ्नै संस्था भएकोले यसलाई आफ्नै संस्थाको रुपमा ग्रहण गरी सहयोग गरिन सम्पूर्ण इजरायलमा कार्यरत कामदारहरुलाई अनुरोध गरेकी थिईन् । त्यस्तै आफ्नो मन्तव्य दिंदै ३० वटा मुलुकको भ्रमण पूरा गरी ३१ औ देशको भ्रमण गर्ने क्रममा इजरायल आइपुगेका विश्व साइकल यात्री धनेश्वर क्षेत्रीले भ्रमणको क्रममा भोगेका अनुभवहरु सुनाएका थिए ।
मेरो सन्देश डट कमका कार्यक्रम निर्देशक दिनेश प्रसाईद्वारा उद्घोषण गरिएको विभिन्न नेपाली सांस्कृतिक नृत्यहरुको प्रस्तुति रहेको उक्त कार्यक्रममा वाद्यवादक कमल पोखरेलले सारङ्गी र बाँसुरी बजाएर दर्शकहरुलाई मन्त्र मुग्ध पारेका थिए भने इजरायलको विभिन्न समसामयिक विषयलाई लिएर हाँस्य व्यङ्ग्य नाटक पनि प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा प्रस्तुत गरिएको समसामायिक विषयमा आधारित कलाकारहरु यशोदा घिमिरे, दिनेश प्रसाई, कृष्ण थापा, ओम प्रसाई, रुपा घिमिरे, श्याम रोका र रितु गिरीद्वारा प्रस्तुत नाटक कार्यक्रमको केन्द्र विन्दु रहेको थियो भने पेमा लामा, रेणु लामा, नोर्की लामा र थेन्दु लामाद्वारा रिमिक्स गीतमा गरिएको डान्सले दर्शकहरुलाई खुवै नचाएको थियो र कार्यक्रम प्रस्तोता दिनेश प्रसाईको कुशल उद्घोषणले दर्शकहरुलाई कार्यक्रमको अन्त्यसम्म मनोरन्जन प्रदान गरेको अनुभव गर्न सकिन्थ्यो ।
कार्यक्रममा रोजगारीको शिलशिलामा इजरायलमा कार्यरत क्यान्सर पीडित ल्हाक्पा शेर्पाको सहयोगार्थ दर्शक तथा विभिन्न संघसंस्थाहरुबाट संकलित २४७५ अमेरिकी डलर क्यान्सर पीडित ल्हाक्पा शेर्पालाई तथा विश्व भ्रमणमा रहेका साइकिल यात्री धनेश्वर क्षेत्रीको सहयोगार्थ दर्शकहरुबाट संकलित १००० शेकेल ९इजरायली करेन्सी० साइकिल यात्री क्षेत्रीलाई कार्यक्रम आयोजक मेरो सन्देश डट कमले हस्तान्तरण गरेको थियो ।
शनिवर साँझ ८ बजेबाट शुरु भएको कार्यक्रम रातको साढे एघारबजे सम्म चलेको थियो ।
-अर्जुन जयसवाल, तस्वीर: अर्जुन जयसवाल, आशिका श्रेष्ठ, नरेश सैंजू