मान्छेको फोक्सो पकाएर खाने मान्छे

मान्छेको फोक्सो पकाएर खाने मान्छे


रुएन, फ्रान्स / डराउने र भयभित गराउने हरर फिल्म “द साइलेन्स आफ द ल्याम्ब” मा देखाएझै एकजना नरभक्षी कैदीलेसँगै कोठामा बस्ने कैदी साथीलाई मारेर उसको फोक्सो निकालेर पकाएर खाएको कुरा अपत्यारिलो र अचम्भ लाग्ने विषय हो तर यो सत्य समाचार प्रकाशमा हालै आएको छ । यस समाचारले फ्रान्सको बदनाम कारागारहरुको स्थितिबारे प्रश्न चिन्ह खडा गरेको छ । ३९ वर्षीय निकोलास कोक्याइन र थियारी बौड्री नाम गरेको अर्को कैदीको बीचमा कारागारको चर्पीको प्रयोग गर्ने विषयमा झगडा भएको थियो । त्यस कारागरको कोठामा तीनजना कैदीहरु राखेका थिए । जुन दिनमा यो घट्ना घट्यो त्यस दिनमा ती दुबैबीच मुड्कीले हानाहान गर्दै लडाइ भएको थियो । शुरुमा अर्को कैदी डेविड लाग्रुले छुट्याउन खोजेको थियो, तर, ऊ सफल भएन । ती दुर्इजनाको लडाइमा निकोलासले थियारीलाई धेरै मुखमा र पेटमा मुड्कीले हान्यो, उसलाई लाग्रुले छुट्याउन सकेन । ऊ भयभित भएर हेरिरहेको बेलामा निकोलासले थियारीलाई मैला पोको पार्ने प्लास्टिकको थैलोले मुख थुनेर श्वास बन्द गरी हत्या गर्‍यो । त्यसपछि धारिलो छुरा लिएर उसको करङ्गको एउटा हड्डी निकालेर त्यसबाट थियारीको फोक्सो निकाल्यो । उसले फोक्सोलाई मुटु सम्झेको थियो । अलिकति का“चै मासु पनि उसले चाख्यो । यो दृश्य लाग्रुले थरथर काम्दै भयभित भएर हेरिरहेको थियो । निकोलासले फोक्सोलाई टुक्रा-टुक्रा पारेर मसाला, नून, मरिच हालेर तेलमा जेलको अस्थाइ चुलोमा पकाएर खाएको थियो ।
रुएन क्रिमिनल कोर्टमा सोधपुछ गर्दा निकोलासले मान्छेको मासु खाएको कुरामा आफूले त्यस व्यक्तिको मुटु खाएमा उसको आत्मलाई कब्जा गर्न सक्ने विचारले खाएको हो भनेर कोर्टलाई बताएका छन् । र मान्छेको मासुको स्वाद कस्तो हुन्छ भनेर चाख्नलाई खाएको भनेर खाएको कुरा स्वीकारेको छ । त्यस घट्नाको साक्षी लाग्रु पछि त्यही घट्नाबाट त्रसित भएर आत्महत्या गरेर २००९ सालमा मरेको खबर प्रकाशमा आएको छ । नरभक्षी निकोलासको मानसिक स्थिति सानैबाट ठीक नभएको, सानै उमेरमा आमाबाट त्यागिएको लावारिश खाते थियो । उसलाई सन् १९९७ र २०००मा आफ्नो पत्नीलाई उसको ईच्छाविरुद्ध परपुरुषहरुसँग अप्राकृतिक अवैध सम्बन्ध गास्न बाध्य गर्ने क्रियाकलाप गरेकोले तीनपटक मानसिक अस्पतालमा भर्ना गरी सकेको थियो । बलात्कार र अन्य अपराधहरुमा संलग्न रहँदै आएको निकोलासलाई पछिल्लो पटक हतियारको डकैती गरेको अभियोगमा जेल चलान गरेका थियो । अहिले कोर्टमा उसको केस चलिरहेको छ ।
श्रोत -नेट, सुमल, मेस