मुश्किलले इङ्ग्ल्याण्डको दोस्रो राउण्डमा प्रवेश

मुश्किलले इङ्ग्ल्याण्डको दोस्रो राउण्डमा प्रवेश


लण्डन । धेरै मुश्किलले इङ्ग्ल्याण्ड रनरअप भएर क्वालिफाइ भई दोस्रो राउण्डमा पुग्न सफल भएको छ । स्लोभानियासँग भएको खेलमा एक गोल लगाउन सक्षम इङ्ग्ल्याण्डका तीसौं हजार फ्यानहरु भरिएको सो स्टेडियममा नतिजा सोअनुरुप नभएको भए, निक्कै ठूलो बबाल हुनसक्ने चिन्तनकारीहरुले बताएका थिए, योभन्दा अगाडिको खेलमा आफ्नै राष्ट्रिय टिम इङ्ग्ल्याण्डका खेलाडीहरुलाई पनि हुटिङ गरिएको थियो । फुटबलको ज्वरोले सम्पूर्ण यूकेलाई समातेको बखत अप्रिय घटनाहरु घट्लान् भन्न सकिँदैनथ्यो । अमेरिकासँग आफ्नो पहिलो म्याच खेली बराबरीको आधारमा अगाडि बढेको इंग्ल्याडढले दोस्रो राउण्डको लागि अमेरिकालाई पछ्याएको छ भने भर्खरै भएको खेलमा जर्मनीले घानालाई एक गोलले हराई दोस्रो राउण्डमा पुगेको छ भने सो खेलमा हारेको भए तापनि अफ्रिकन देश घानाले योपालि पहिलो टिम भई दोस्रो राउण्डमा जर्मनीलाई पछ्याएको छ । अस्ट्रेलियाले सर्वियालाई एकका विरुद्ध दुर्इले जिते तापनि सो समूहबाट लिगको आधारमा घाना अगाडि गएको हो ।
अहिलेसम्म अर्जेन्टिनाको खेल र अवस्था राम्रो मानिएको छ भने त्यसको साथसाथमा ब्राजिल आएको छ । त्यस्तै खासगरी इङ्ग्ल्याण्डमा अति नै अधैर्यताका साथ हेरिने खेल इङ्ग्ल्याण्ड र जर्मनीबीच हुने भएको छ भने, ब्राजिल र पोर्चुगलबीचको पर्सि हुने खेल पनि अति नै चासोपूर्ण रहने बताइएको छ ।
त्यस्तै, अर्जेन्टिना र दक्षिण कोरिया जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा मंगलबार ग्रीसलाई दुई शून्य गोलले पराजित गर्दै अर्जेन्टिना समूह बी को विजेताको रुपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।यस्तै अर्को खेलमा दक्षिण कोरियाले नाइजेरियासँग २-२ गोलको बराबरी खेल्दै समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । अब अर्जेन्टिनाले आगामी आइतबार समूह ए को उपविजेता मेक्सिकोसँग भिड्ने छन् भने दक्षिण कोरियाले शनिबार समूह ए को विजेता उरुग्वेसँग भिड्ने छन् ।
यस्तै उरुग्वे र मेक्सिको पनि अन्तिम १६ मा प्रवेश गरेका छन् । उरुग्वे सात अंकका साथ समूह ए को विजेता बन्दै तथा मेक्सिको चार अंकका साथ उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । समूह चरणको हिजो भएको अन्तिम खेलमा मेक्सिकोलाई एक शून्य गोल अन्तरले हराउँदै उरुग्वे समूह विजेता बन्न सफल भयो । हारका बाबजुत पनि मेक्सिको गोल अन्तरका आधारमा समूहको उपविजेता बन्न सफल रह्यो ।मंगलबार भएको समूह चरणको अन्तिम खेलमा फ्रान्सलाई दुई एक गोल अन्तरले हराएको आयोजक राष्ट्र दक्षिण अफ्रिका भने गोल अन्तरका आधारमा मेक्सिकोभन्दा पछि रहँदै प्रतियोगिताबाटै बाहिरिएको छ । विश्वकपको अयोजक राष्ट्र समूह चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । फिफा वरियतामा ९ औं स्थानमा रहेका फ्रान्स पनि हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।-मेस