अमेरिकामा धेरै आतङ्कारी हमला गर्ने चेतावनी

अमेरिकामा धेरै आतङ्कारी हमला गर्ने चेतावनी


लण्डन । पाकिस्तानमा जन्मेको एकजना ३० वर्षीय अमेरेकी फैजल शाजाद, गत १ मे २०१०को दिनमा न्यूयोर्क, म्यानहट्टनस्थित टाइम्स स्क्वायरमा असफल कार बम विष्फोट गर्ने प्रयासमा पक्राउ परेका थिए । अहिले उनलाई बम विष्फोटन् र हतियार प्रयोग गरेर आतङ्क फैलाउने अभियोगमा मुद्धा चलाइएको छ । न्यूयोर्क जिल्ला अदालतमा उनलाई दशवटा आतङ्कारी अपराधमा दोषी साबित भइसकेको छ । उनको भनाइअनुसार ती अपराधहरु गरेवापत उनलाई कुनै प्रकारको अपराधबोध नभएको प्रकाशमा आएको छ । कोर्टमा उनले दिएको बयानमा, “म एकजना मुस्लिम सिपाहीं हु“, म अमेरिकाले मुस्लिम राष्ट्रहरुमा र मुसलमानहरुमाथि फैलाएको आतङ्कको जवाफ हु“” भनिएको छ । “जबसम्म अमेरिकाले आफ्नो सैनिक कार्यवाही अफगनिस्तान र इराकबाट हटाउँदैनन्, यमन, सोमालिया र पाकिस्तानलाई आक्रमण गर्न छाड्दैनन् तबसम्म यस्ता सयौं अपराध मैले गर्नेछु र हामी अमेरिकालाई आक्रमण गरिरहने छौं” भनेर अदालतलाई उनले बयान दिएका छन् ।
निजले १ मेको राति शनिवार पारेर जब धेरै मानिसहरुको चहलपहल हुन्छ, धेरैलाई हाताहात गर्ने उद्देश्यले कारभित्र घरेलुबम बनाउने विष्फोटन सामंग्रीले भरिएको कार मनहट्टन ल्याण्डमार्कको छेउमा पार्क गरेर राखेका थिए । त्यो कारभित्र ग्यासले भरेको ट्याङ्कीमा फ्यूज जडान गरेर ग्यासको कनिस्तर, बारुद र फर्टिलाइजर बमसँग जोडेर राखेको थियो । ठीक मौका पारी फ्यूज जलाएर पा“च मिनटसम्म पर्खेर बस्दा पनि, त्यसबाट धूँवा मात्र उठेको थियो विष्फोटको बदलामा । त्यसपछि आफू घरतिर लागेको भनेर उनले कोर्टलाई बताएका छन् । बयान दिने क्रममा न्यायधिशले उनलाई बीच-बीचमा रोक्दै धेरै कुराहरु सोधेका थिए । “के तिमीले चारैतिर हेरेर त्यतिबेला सर्वसाधरणलाई मारिन्छन् भन्ने विचार गरेनौ ?” भनेर सोध्दा, उनले भनेका थिए, “यिनै जनताले त अमेरिकी सरकारलाई चुनेको हो, यसैले हामीले सरकार र जनतालाई फरक देख्दैनौ” । फेरि न्यायधिशले प्रश्न गरे, “यदि बम विष्फोटन भएको भए बच्चाहरु मारिनेछन् भनेर सोचेनौ ?” यसको प्रत्युत्तरमा, “अमेरिकीद्वारा अफगनिस्तान र इराकमा धेरै मुसलमान मारिएका छन् त्यसकारण यसबाट मलाई केही पछुतो हुने छैन” भनेर जवाफ दिएका थिए ।
शाजादले पोहोर पाकिस्तान जाँदा स्थानीय तालेबानहरुसँग भेटेर पा“च दिनसम्म बम बनाउने तालिम लिएका थिए । यस कामको लागि संगठनबाट उनलाई १६ हजार अमेरेकी डलर प्राप्त भएको थियो । बम विष्फोटन गर्ने प्रयासमा केवल धू“वा मात्र निस्केको सो कारलाई प्रहरीले केही बेरमा नै नियन्त्रणमा लिएको थियो ।
सो घटनाको केहीबेरमा नै शाजादको खोजी व्यापक रुपमा भएको थियो । दुर्इ दिनपछि उनलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई जाने विमानबाट भाग्ने प्रयास गरिरहेको बेला प्रहरीले समातेका हुन् । उनलाई अब जीवन कैदको अनिवार्य सजायँ अगामी अक्टोबर ५ का दिन विभिन्न अपराधहरुमा संलग्न भएको अपराधमा दिइने समाचार प्रकाशमा आएको छ ।
श्रोत – टेलिग्राफ, सुमल, मेस