लागू पदार्थको श्रोत भारत

लागू पदार्थको श्रोत भारत


लण्डन । युवाशक्तिलाई बर्बाद गर्ने वस्तुहरुमा लागू पदार्थ विश्वभरिको मानव समुदाय तथा राष्ट्रको लागि एउटा टाउको दुखाइ हो । घरपरिवार र समाजमा यसले ठूलो नकारात्मक प्रभाव पारेको छ । हजारौ वर्षदेखि विभिन्न तरिकाले सेवन गर्ने लागू पदार्थ अहिले हेरोइनको रुपमा चर्चित भएर विश्वभरि फैलिएको छ । यसको सेवनको लत लागेपछि मान्छेले सबै गुमाउन थाल्दछ र पछि अल्पायुमा नै इहलिला तमाम हुन्छ ।
हालै राष्ट्रसंघको लागू पदार्थ तथा अपराध कार्यालयले दक्षिण एसियामा भारत अत्यधिक हेरोइन खपत गर्ने देश भएको प्रतिवेदनमा देखाएको छ । पछिल्लो प्रतिवेदनमा हेरोइन बनाउने कच्चा पदार्थ अफिमको खेती पनि भारतमा नै गरिएको दर्शाएको छ । संसारका पाँचवटा राष्ट्रहरुमा हेरोइनको सट्टा तीन भागको दुर्इ भाग अफिम नै सेवन गर्छन् । ती राष्ट्रहरु इरान, अफगानिस्तान, पाकिस्तान, भारत र रुस हुन् । सन् २००८ सालमा भारतले मात्र १७ मेट्रिकटन हेरोइन खपत गरेको तथा यस साल लगभग ७० मेट्रिकटन हेरोइन खपत गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । सन् २००८ सालमा विश्व बजारको लागि अफगानिस्तानले २७०० मेट्रिकटन अफिम प्रशोधन गरेर ३८० मेट्रिकटन हेरोइन उत्पादन गरेको प्रतिवेदनले देखाएको छ । केही परको राष्ट्रहरु म्यानामार र लाओसमा सन् २००८मा ४० मेट्रिकटन जति हेरोइन प्रशोधन गरेर उत्पादन गरेको थियो । भारत सरकारले लागू पदार्थको बारेमा प्रस्तुत गरेको प्रतिवेदनमा अफिम जन्य वस्तु बाहिरबाट भारत भित्रिएको कुरा बताएको छैन ।
विश्वभरिको खपत मध्ये ६ प्रतिसत हेरोइन खपत गर्ने राष्ट्र भारतमा अफिम उत्पादन गर्नको लागि २००० हेक्टर जमीनको अवश्यकता पर्दछ भनेर विज्ञहरुको भनाइ छ । भारतमा अफिमको खपत दिनानु बढ्दै गइरहेको छ । भारत सरकारले अफिम अवैध तरिकाले उत्पादन गर्ने विषयमा नियन्त्रण गरिएको छ भनेर प्रतिवेदनमा समेत देखाएको छ । भारतका छिमेकी राष्ट्रहरु नेपाल र बंगलादेशमा पनि हेरोइन सेवन गर्नेहरुको संख्या बृद्धि भइरहेका छन् । प्रतिवेदनअनुसार बंगलादेशमा चार मेटि्रकटन र नेपालमा ८०० केजी एक वर्षमा खपत हुने कुरा उल्लेख गरेको छ । तर, अफगानिस्तान र म्यानामारबाट यी राष्ट्रहरुमा लागू पदार्थ भित्रिएको थाह पाइएको छैन ।
अनुगमन टोलीको प्रत्यक्ष जाँचबाट के थाहा लागेको छ भने नेपाल-भारत र भारत-बंगलादेशका सिमानाहरुमा अवैध खेती गरिएको तथ्य प्रकाशमा आएको छ । नेपाल सरकार र बंगलादेश सरकारको सूचनाअनुसार जति पनि खपत गरिने लागू पदार्थ हेरोइन ती देशहरुमा भारतबाट नै भित्रिएको कुरालाई पुष्टि गरेका छन् ।
श्रोत – हिन्दूस्तान टाइम्स, सुमल, मेस ।