(गीत)“शुभकामना जिन्दगीलाई”

(गीत)“शुभकामना जिन्दगीलाई”


-सुमल कुमार गुरुङ,
पाएँ आज सबैथोक जीवन भरिको कमाइ
शुभकामना जिन्दगी, सलाम जिन्दगीलाई ।
विछोडपछिको मिलन साथी खुशीको छायो किरण
आज जीवन हाँसेको छ, बनी दुई आत्माको मिलन ।
पाएँ आज सबैथोक जीवनभरिको कमाइ……….
भावनामा उनेको माला जीवन रंगमा फेरिएको छ
केवल नाम तिम्रो रंग बनी मनभित्र कोरिएको छ ।
पाएँ आज सबैथोक जीवनभरिको कमाइ………..
आफन्तको न्यानो संसार हृदयभित्र कसिएको छ
मायाको उपहार आँखाको बाटो भई रसिएको छ ।
पाएँ आज सबैथोक जीवनभरिको कमाइ
शुभकामना जिन्दगी, सलाम जिन्दगीलाई ।