दक्षिण कोरिया फर्कियो स्वदेश

दक्षिण कोरिया फर्कियो स्वदेश


लण्डन । २०१०, फुटबल विश्व कपको सानो आशा नरहनेगरी साउथ कोरिया आज भएको नकआउट पहिलो खेलबाट उरुग्वेसँग एकको बदलामा दुर्इ गोल खाई बाहिरिएको छ । आशा गरिएअनुसार, उरुग्वेसँग प्तिस्पर्धात्मक खेल प्रदर्शन गर्न चुकेको एसियाको एक प्रतिनिधि खेलाडी देशपछि अब आशा राख्नका लागि जापान मात्र बाँकी रहेको छ ।
योपालिको खेल आम दर्शकहरुलाई लागि त्यतिको रुचिकर नभएको कारणमध्ये प्रमुखमा, नयाँ खेलाडीहरुको राम्रा समूहहरुमा भएको प्रवेशको साथसाथै फुटबलका कडा नियमहरु र ती नियमहरुलाई म्यानुपुलेट गर्न सक्षम खेलाडीहरुका राजनीतिहरुले गर्दा मानिएको छ ।
भोलि हुने इङ्ग्ल्याण्ड र जर्मनीबीचको गेम अहिलेको हालातमा ज्यादा प्रतीक्षित रहेको सर्वत्र सोँचिएको छ र सो प्रतिस्पर्धामा इङ्ग्ल्याण्डको नै जीत हुने अनुमान लगाइएको छ । -मेस