अनेसास बेलायातको नयाँ कार्यसमिति गठित

अनेसास बेलायातको नयाँ कार्यसमिति गठित


लण्डन । गत २३ डिसेम्बरमा लण्डनस्थित इलिङमा बसेको अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ, बेलायत च्यापरका आजीवन सदस्यहरुको भेलाले बेलायत च्याप्टरको लागि एक नयाँ कार्यसमितिको गठन गरेको छ । विदेशी भूमिबाट नेपाली साहित्यको सम्वर्द्धनको लागिकामहरु गरी सक्दो योगदान दिन अभिप्रायले गठित अनेसासको विश्वव्यापी रुपमा फैलिँदो सञ्जालमध्ये एक सञ्जालको गठन प्रजातान्त्रिक रुपमा गरिएको छ ।
होम परिवागको अध्यक्षतामा रहेको उक्त ११ सदस्यीय कार्यसमितिमा डा. रुपक श्रेष्ठ-उपाध्यक्ष, जया राई-उपाध्यक्ष, लक्ष्मी राई-महासचिव, प्रकाश के.सी.-सचिव, विकाल आचार्य-कोषाध्यक्ष, गोपी प्रसाई-सदस्य, शशी थापा-सदस्य, रुपक वनवासी-सदस्य, सुशिला कार्की-सदस्य र जोन नकर्मी -सदस्य रहेका छन् ।
बेलायतबाट नेपाली साहित्यलाई विविध कार्यक्रमहरुको संरचना तयार गरी स्थानीय नेपालीहरुमा नेपाली भाषा तथा साहित्यको जगेर्ना गर्नका लागि कार्यक्रमहरु गर्नमा प्रतिवद्ध रहेको यस कार्यसमितिलाई हालसम्मका २६ जना आजीवन सदस्यहरुले चयन गरेका हुन् ।
हालसम्मका आजीवन सदस्य निम्न छन् –
१। डा.पोषेन्द्र सत्यल, २। सदेव गिरी, ३। भगवान चामलिंग, ४। विश्वास दीप तिगेला, ५। जया लक्ष्मी राई, ६। गोपी कृष्ण प्रसाई, ७ जगत नवोदित राई, ८। मीरा आगंबोहंग, ९। होम परिबाग, १०। खगेन्द्र पाठक, ११। डा। रूपक श्रेष्ठ, १२। दिपक कोइराला, १३। नारायण भट्टराई, १४। प्रतिभा बोहोरा, १५ शशी पौडेल, १६। राज सिटौला, १७। विकल आचार्य, १८। लक्ष्मी राई (थापा), १९। केदार संकेत सुनुवार, २०। नवराज भट्टराई, २१। विदुर सिटौला, २२। सुशिला कार्की, २३। राम कृष्ण सुनुवार ‘अंकला’, २४। बुद्धि बहादुर राई, २५। जोन नकर्मी, २६। शशी थापा (सुब्बा)
-देब, मेस, लण्डन