मृत सिपाहींका बच्चाहरुलाई आर्थिक सहयोग

मृत सिपाहींका बच्चाहरुलाई आर्थिक सहयोग


लण्डन । युद्धक्षेत्रमा वीरगति प्राप्त गरेका बेलायती सेनाको जवानहरुका बच्चाहरुले अब विश्वविद्यालयमा अध्ययन गर्नको लागि सरकारबाट सालमा ८२०० पाउण्ड प्राप्त गर्ने समाचार प्रकाशमा आएको छ । शैक्षिक स्कोलरशिपको योजनाअन्तर्गत आजदेखि ट्युशन फिस, वर्षमा ३२०० पाउण्ड तथा खाना र बस्ने व्यवस्थाको लागि ५००० पाउण्ड सरकारबाट पाउने छन् । यो लागू गरिएको भुग्तानी रकम क्रमिक रुपमा बढ्दै जाने छ भन्नाको तात्पर्य, ९ हजार पाउण्डसम्म ट्युशन फिस बढ्दै गएमा एकजना वीरगति प्राप्त गरेका व्यक्तिको बच्चाले १४ हजार पाउण्डसम्म प्राप्त गर्ने छन् ।
युनिभर्सिटी मन्त्री, डेभिड विलेटले ..यस योजनाले सैनिक सेवामा काम गरेका व्यक्तिहरुका बच्चाहरुको शिक्षा प्राप्त गर्ने लक्ष्यलाई सुरक्षित बनाएको छ. र जस्तौसुकै स्थितिमा पनि यो अनुदान प्राप्त भइरहने छन् … भनेर उद्धृत गरेका छन् । लागू गरिएको नियमअन्तर्गत सन् १९९० सालदेखि दिवंगत भएका तमाम व्यक्तिहरुका बच्चाहरुलाई मद्दत मिल्नेछ । एकैपल्टमा सयभन्दा बढीलाई मद्दत मिल्ने आशा गरेका छन् । मन्त्री विलेटले युद्धक्षेत्रमा साह्रै घाइते भएका सैनिक तथा वीरगति प्राप्त गरेका सैनिकहरुका पति अथवा पत्नीहरुले पनि ट्युशन फिसको रकम बराबरको अनुदान प्राप्त गर्नेछ भनेर प्रकाश पारेका छन् । श्रोत – सन, सुमल, मेस ।