इङ्ग्ल्याण्ड जर्मनीसँग नराम्ररी पराजीत

इङ्ग्ल्याण्ड जर्मनीसँग नराम्ररी पराजीत


लण्डन । डिफेन्समा अति नै लज्जास्पद फर्म्याट तयार गरी ४, ४, १, १मा खेलेको इङ्ग्ल्याण्डलाई २, ४, ४ को फर्म्याटमा खेलेको जर्मनको नयाँ पुस्ताका टिमले अत्यन्तै लज्जास्पद किसिमले १ को बदलामा ४ गोलले हराएको छ । ल्याम्पटको प्रहारबाट भएको गोललाई रेफ्रीले मान्यता नदिएकोलाई सहानुभूतिको पर्यायमा हेरिएको पहिलो हाफपछिको खेल अति नै सम्भावनाहीन भएको कमेन्टरहरुबाट बाराम्बार बताइएको थियो ।
क्वार्टरफाइनलको लागि खेलिएको यस खेलपछि इङ्ग्ल्याण्डको फुटबल कमिटिले गम्भीरताका साथ आफ्नो राष्ट्रिय टिममाथि पुनर्अवलोकन गर्नु पर्ने स्पष्ट देखिएको छ । अभिमानी देखिएको इङ्ग्ल्याण्ड, कोचको गलत छनोटको कारण पराजयको सामना गर्नु परेको बताइएको भए पनि, यदि पहिलो हाफको अन्तिममा इङ्ग्ल्याण्डबाट गरिएको गोललाई रेफ्रीबाट मान्यता दिएको भए दोस्रो हाफमा खेल्नका लागि इङ्ग्ल्याण्ड टिमलाई अति ठूलो प्रोत्साहन मिल्ने थियो र सायद त्यसरी यस्तो प्रकारले हार्ने थिएनन् भन्ने पनि आम धारणा भए तापनि जर्मनीको खेल कौशलता अत्यन्तै उत्कृष्ट भएकोलाई नकार्न सकिँदैन । जर्मनीको इङ्ग्ल्याण्डविरुद्धको खेल अति प्रशंसनीय रहेको छ ।
आज बेलुका खेलिने, अर्जेन्टिना र मेक्सिकोबीचको खेल अर्को प्रतीक्षित खेल हो ।-मेस