मोटो कम्मर भएकीलाई क्यान्सर हुने बढी खतरा

मोटो कम्मर भएकीलाई क्यान्सर हुने बढी खतरा


लण्डन । हिजो विज्ञहरुले आधाभन्दा बढी बेलायतका अंग्रेज महिलाहरुमा ठूलो कम्मरको कारणले आफैले आफैलाई क्यान्सररोगबाट पीडित हुने खतरा लिएका छन् भनेर सचेत गरेका छन् । ३२ प्रतिशत पुरुषहरुको तुलनामा ४४ प्रतिशत महिलाहरुले आफ्नो कम्मरको बीचमा बढी बोसो जम्मा गरेका छन् । विज्ञहरुको भनाइअनुसार महिलाहरुले आफ्नो कम्मरको घेरा कम्तीमा ३१ दशमलव ५ इन्च राख्नुपर्दछ भनेर प्रकाश पारेका छन् । गोरा तथा कालो -अफ्रिकाली मूलका) वर्णका पुरुषहरुको कम्मर ३७ इन्चभन्दा सानो तथा एसियाली मूलका व्यक्तिहरुको कम्मर बढी बोसो हुने खतरा हुनाले ३५ इन्चभन्दा सानो हुनुपर्छ । बढी बोसोको कारणबाट क्यान्सरहुने खतरा रहन्छ विशेष गरी छाती, पाठेघर, पाचक थैली र आन्द्रामा बोसो बढी जम्ने गर्छ । वर्ल्ड क्यान्सर रिसर्च फण्डका डाक्टर राचेल थमसनका अनुसार महिला-पुरुष सबैलाई यस विषयमा सचेत गराउनु पर्ने कुरा सम्प्रेषण गरिएका छन् । श्रोत – सन्, सुमल, मेस ।