पुलिसको गल्तीले स्वतन्त्र रहेको बलात्कारी

पुलिसको गल्तीले स्वतन्त्र रहेको बलात्कारी


लण्डन । तीनजना वरिष्ठ स्कटल्याण्डयार्डका प्रहरी अफिसरहरुको गल्तीले गर्दा एकजना सिरियल बलात्कारी स्वतन्त्ररुपले वर्षौंसम्म छाडा हिँड्दै बलात्कार जस्ता जघन्य अपराध गरेको आरोपमा उनीहरुको नौकरीबाट बर्खास्त हुने स्थिति सिर्जना भएको छ । गएको वर्ष फुटबल प्रशिक्षक, किर्क रेइडलाई ६ वर्षको अवधिमा २८वटा बलात्कारको जघन्य आपराध गरेको अभियोगमा उमेरकैदको सजाय भएको थियो, तर, पुलिस विभागको अनुगमन टोलीले पत्ता लगाएअनुसार उसलाई ४ वर्षअघि नै पक्राउ गर्न सक्ने तथ्य प्रकाशमा आएको छ । वान्ड्सओर्थ क्षेत्रमा तीन पटकसम्म उसले बलात्कारको आपराध गरेको थाहा हुँदाहुँदै पनि वरिष्ठ अधिकारीहरुको कमजोरीले गर्दा उसलाई नसमातेको भनी इन्डिपेन्डेन्ट पुलिस कम्प्लैन कमिशनले उद्धृत गरेको छ । उीनहरुले उसलाई शंका गरेपछि पनि डीएनए लिनु पर्नेमा त्यसो नगरी अर्कै मान्छेलाई बलात्कारी भएको अशंकामा त्यसतर्फ केन्द्रित भएको कुरा उल्लेख गरेका छन् ।
पर्यवेक्षकहरुले पुलिस विभागको इतिहासमा यो एउटा लज्जास्पद अध्याय भएको ठहर गरेका छन् । यस घटनाप्रति मेट्रोपोलिटन पुलिस विभागले गहिरो खेद प्रकट गरेको छ । ४५ वर्षीय रेइडले सन् २००२ देखि सन् २००८ सम्म, उसलाई अखिरी दिनमा पक्राउ गरेको दिनसम्म उसले १०० जनाभन्दा बढी महिलाहरुलाई बलात्कार गर्ने प्रयासमा आक्रमण गरिसकेको थियो । एकजना सुपरिन्टेन्डेन्ट र सार्जेन्टलाई विभागीय कारबाहीअनुसार पत्र काटेर सतर्क गरेको छ । उसको बलात्कारको शिकार ३१ वर्षीय क्यानडिर मार्साले क्षोभ प्रकट गर्दै भनिन्, “उसले गरेको बलात्कार जस्ता जघन्य आपराधको लागि पुलिस अधिकारीहरुले उसलाई पक्रनेतर्फ ध्यानै दिएनन् र पक्रन असमर्थ रहेको प्रश्न चिन्ह खडा गरेको छ” । उसले राति अबेर बसबाट यात्रा गरेर घर फर्कँदै गरेकी महिलाहरुलाई शिकार बनाउँदै आएको थियो ।
श्रोत-मेट्रो, सुमल, मेस