५८ वर्षको अविरल सिनेटरको मृत्यु

५८ वर्षको अविरल सिनेटरको मृत्यु


लण्डन । ५८ वर्षसम्म सिनेटर रहेका अमेरीकी डेमोके्टिक पार्टीको सिनेटर रोबर्ट बाइर्डको गत शनिवार राति ३ बजे ९२ वर्षको उमेरमा मृत्यु भएको छ । अमेरिकी राजनीतिको इतिहासमा धेरै रेकर्ड कायम गरेका सिनेटर रोबर्टको जीवनकालमा विवादित राजनैतिक नेताको रुपमा रहेता पनि सबैभन्दा लामो अविधसम्म देशलाई सेवा दिएको रेकर्ड र पश्चिम भर्जिनियाको उत्तरोतर प्रगतिको लागि सबैभन्दा बढी उनको देनलाई भुल्न सकिँदैन । सन् १९५० सालदेखि वेस्ट भर्जिनियाको सिनेटमा निर्वाचित भएपछि राजनीतिमा लागेका रोबर्ट सन् १९५२मा अमेरिकी प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएदेखि निरन्तर राजनीतिमा संलग्नता राख्दै आएका थिए । उनी सिनेटरको हैसियतमा ९ पल्टसम्म निर्वाचित भएका थिए, सब्ौभन्दा लामो समयसम्म सिनेटरको हैसियतमा रहेका थिए । अमेरिकी काग्रेसका इतिहासमा सबैभन्दा लामो समय ५६ वर्ष ३२० दिनसम्म सदष्या रहेको रेकर्ड उनको छ । अहिलेका १४ जना अमेरिकी सिनेटरहरु उनी राजनीतिमा आउनुभन्दा पछि जन्मेकाहरु छन् । एकजना नेपालीको औसत आयु ६१ वर्षको रहेको छ भने रोबर्ट बाइडले लगभग त्यति वर्ष नै सक्रिय राजनीति गरेर सिनेटरको रुपमा बहुसंख्यक नेता, सिनेटरको अल्पसंख्यक नेता, सिनेटरका प्रो टेम्पोर प्रेसिडेण्ट र रंगभेदका हिमायती प्ग Ku Klux Klan (KKK) का सक्रिय नेताको रुपमा काम गरेका थिए । के.के.के अर्थात् क्ल्यान जसका सदस्यहरु सेतो छालाभएका मानिसहरुको (गोराहरु) वर्चस्वमात्र हुनुपर्छ र यो जातिभन्दा अरु कुनै जाति ठूला होइनन् भनेर अरु जातिलाई हेयदृष्टिले हेर्ने गुटको रुपमा चिनिन्छ । जीवनको पूर्वार्धमा यस संस्थाको स्थानीय नेतृत्व गर्दै अरु रंग भएका, गोरा जातिलाई छाडेर, जातिहरुप्रति नकारात्मक दृष्टिकोण राख्दै गोरा जाति सर्वश्रेष्ठ जाति हुन् र संसार यसजातिले नै हाक्नु पर्छ भन्ने कट्टरता उनमा थियो । उनले एकपल्ट मिसीसिपीका सिनेटर थेडोर बिल्बोलाई पत्रमा, “म सेनाको हैसियतमा रहँदा कुनै निग्रोलाई छेउमा राखेर लडाइ लड्नुभन्दा म हजारपल्ट मर्न तयार हुन्छु” भनेर लेखेका थिए । तर, जीवनको उत्तरार्धमा आएर उनले त्यो सोच र कार्यलाई गल्ती भनेका थिए । उनको गृहक्षेत्र वेस्ट भर्जिनियामा सामाजिक सेवामा पनि उल्लेखनीय योगदान दिएका छन् । १९ वर्षको उमेरमा आफ्नै दौतारी प्रियसी एर्मालाई विवाह गरेर ६९वर्षसम्म सुखमय दाम्पत्य जीवन बिताएका रोबर्टको पत्नीले ४ वर्ष पहिले उनलाई छाडेर स्वर्गबास भएकी थिईन् । उनका पछि छोरा छोरी, नाति नातिनीहरु र ६ जना पनाति पनातिनीहरु छन् ।
श्रोत – नेट, सुमल, मेस ।