नयाँ सरकार गठनको तयारी

नयाँ सरकार गठनको तयारी


काठमाडौं । राष्ट्रपति डा। रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनको लागि सहमति जुटाउन दलहरुलाई एक साताको समय दिएकाछन् । सहमतिका आधारमा प्रधानमन्त्री चयन र मन्त्रिपरिषद गठनको आग्रह गर्दै उनले आउँदो २३ गते बुधवारसम्मको समय दिएका हुन्।
प्रधानमन्त्री माधबकुमार नेपालले गठबन्धन सरकार गठन भएको १३ महिनापछि ‘शान्ति स्थापना र संविधान निर्माणमा सहज वातावरण बनाउन’ भन्दै बुधबार राजीनामा दिएका थिए। अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्री नेपालले नै कामचलाउ सरकारको नेतृत्व गर्दैछन् । सहमतीय सरकारको लागि माओवादी पार्टीभित्र आन्तरिक द्वन्द्व जस्तै चलिरहेको प्रकाशमा आएको छ । बाबुराम भट्टर्राईलाई प्रधानमन्त्री बनाइन भन्दाभन्दै अहिले फेरि प्रचण्डकै नाम आएको छ । हरेक पार्टीमा आन्तरिक विवाद चर्कँदो भएको छ, यो प्रथा काँग्रेस, एमालेलगायतका अन्य साना पार्टीभित्र पनि उस्तै मात्रा कार्यान्वयन भइरहेको छ ।-मेस, काठमाण्डौं