विश्वप्रसिद्ध गायक एल्टन जोन आमा बन्न सफल

विश्वप्रसिद्ध गायक एल्टन जोन आमा बन्न सफल


लण्डन । २५ मार्च, १९४७ मा काउन्सिलको घरमा जन्मेका एल्टन जोन आफ्नो ४० वर्षे गायकी कलाले गर्दा सन् २००९ मा प्रकाशित भएको सन्डे टाइम्स रिच लिस्टमा १७५ मिलियन पाउण्डको सम्पति जोडेर यूकेको ३२२सौं धनी व्यक्ति बन्न सफल भएका थिए । आफ्नो गायनको योगदानले गर्दा उनलाई सर उपाधि प्रदान गरिएको थियो ।

सन् १९८४मा जर्मन रेकर्डिङ इन्जिनीयर रेनेट ब्लाएलसग सिड्नीमा भ्यालेन्टिाइन डेको दिनमा विवाह गरेका जोनले आफ्नो लैङ्गिकतालाई ढाक्नका लागि विवाह गरेका हुन् भन्ने व्यापक चर्चा हुने गर्दथ्यो । हुन त आफ्नी सेक्रेटरी लिन्डा वूड्रोसँग गम्भीर रुपमा प्रेम गर्ने जोनले तिनलाई विवाहका लागि आग्रह पनि गरेका थिए, जुन कारणवश सफल हुन सकेन तर उनी लिन्डाप्रति समर्पित रहेर समवान सेभ्ड माइ लाइफ भन्ने गीत लेखेर गाएका थिए । रेनेटसँगको विवाह चार वर्षपछि पारपाचुकेबाट खारेजी भएपछि भने एल्टन जोन आफू समलिङ्गी भएको घोषणा सार्वजनिक रुपमा दिएका थिए ।

क्यानाडियामा जन्मेका डेभिड फर्निशसँग स्न १९९३मा प्रेमसम्वन्धमा फँसेका एल्टनले कानूनी रुपले डेभिडसँग सन् २००५ मा सिभिल पार्टनरशिपको वन्धनमा वाँधिएकाथिए । उन्नाईसजनाको गडफादर बनिसकेका एल्टनलाई आफ्नै स्याहारमा राख्न सकिने बच्चाको रहर भएकोले उक्रेनको एड्स अर्फानेजबाट एक बच्चालाई एडप्ट गर्ने प्रयास त्यहाँको सरकारले एल्टनको उमेर अनि लैङ्गिकतालाई मध्यनजर राखेर विफल बनाइदिएको थियो । गत डिसेम्बर २५ तारिखका दिन, क्यालिफोर्नियामा एक सरोगेट आमाद्वारा जन्माइएको एक छोराको कानूनी आमा बनेका छन् । उनको पति डेभिड आफ्नो श्रीमती एल्टन जोनको खुशीसँग आफू अत्याधिक खुशी भएको पत्रिकामार्फत जनाएका छन् । ती दर्ुइले सो छोरोको नाम जाकारी ज्याक्सन लेवन फर्निश-जोन राखेका छन् । -देब, श्रोत नेट