माधवभन्दा पङ्गु छन् अब बन्ने प्रधानमन्त्री

माधवभन्दा पङ्गु छन् अब बन्ने प्रधानमन्त्री


-दीर्घराज प्रसाई,
प्रधानमन्त्री बन्नको लागि माधव नेपालले आमाको क्रिया गरेनन् । राजाकोमा दाम राखेर कुर्णेश गरेका थिए । प्रधानमन्त्रीको लागि राजाकोमा बिन्तिपत्र चढाएका थिए । प्रधानमन्त्री नपाएर रन्थनिएको बेला थियो गिरिजाको । माधव नेपाल पनि राजाबाट प्रधानमन्त्री नपाएपछि भारतीय गुप्तचर संस्थाको शरणमा पुगेर पदलोलुप, देशद्रोही गिरिजाप्रसादको नेतृत्वमा भारतकै सहयोगमा सन् २००५मा १२ बुँदे सहमतिमा माओवादीसँग मिलेर आन्दोलनमा होमिए । भारतीय बलमा माधव नेपाल कस्सिएर राजसंस्थाको बिरोधमा खनिए । धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता जस्ता राष्ट्रघाती एजेन्डाहरुको प्रवक्ता बनेर विदेशीहरुको कठपुतली बने । भारतीयको बल मिच्याइको भरमा संविधानसभाको चुनावपछि माओवादीको नेतृत्वको सरकार ढलेपछि भारतीय चासोमा माधव नेपाल प्रधानमन्त्री बने । माधव नेपालले एउटा माखो मार्न सकेनन् । एउटा पङ्गु, अयोग्य व्यक्तिको अवशान त्यसरी नै हुन्छ । माधव नेपाल इतिहासको सबैभन्दा ठूलो पंगु, वदनाम, कलंकित प्रधानमन्त्री बनेर सत्ताबाट भागे । अव हुने प्रधानमन्त्री जो हुन्छ त्यो माधव नेपाल भन्दा असफल, पंगु र घृणित पात्र बन्नेछन् । अहिले प्रधानमन्त्री हुन तातेकाहरुमध्ये झलनाथ, रामचन्द्र पौड्याल, शेरबहादुर देउवा, डा. बाबुराम भट्टर्राई, विजय गच्छेदार र अर्को बदनाम सुजाता जोष्ट पनि छिन् ।
प्रधानमन्त्री पदको लागि मरिहत्ते हाल्नेहरुमध्ये शेरबहादुर देउपा हुन् । उनी नेपाली राजनीतिमा अत्यन्त असफल, धोकेवाज, भ्रष्टाचार र घोटलाका अगुवा मानिन्छन् । अमेरिकी स्वार्थमा हुर्केका, आरजुसँग अमेरिकी राजदूत क्यारोल्सी लेसले, बिवाह गराइदिएका जाइटिङ्ग्रे विश्वासघाती व्यक्ति हुन् । आफ्नो वहमत हुँदाहँदै गिरिजाका रिसले शेरबहादुरले संसद विघटन गर्न राजाकोमा सिरफारिस गरे । बहुदल असफल बनाउने र कांग्रेसका संस्थागत नेता बीपी कोइरालाको विचारलाई आगो लगाउने मध्येका यी पनि एक हुन् । सन् २००६ मे १८ बेलुका करिब २० मिनेट फोनमा वार्ता गरेर भनेको थिएँ- ‘शेरबहादुरजी ! प्रतिनिधिसभा घोषणपत्र नगराउनु होला । यसबाट तपाईंहरु पनि भासिनु हुनेछ । यो भारतीय गुप्तचर संस्थाको कुरा हो । माओवादीको एजेन्डा गोलमेच सम्मेलन, अन्तरिक सरकार र संविधानसभा मात्र हो । गोलमेच सम्मेलनको व्यवस्था पछि के-कस्तो निचोड निस्कन्छ, त्यसपछि अरु कुरा सोचौंला,’ । हिजो राजभक्तिको वकालत गरिहिँड्ने शेरबहादुरले भने- ‘यो राजाले मलाई धोका दिएको छ, म छोडदिनँ’ । मैले भनेँ- ‘तपाईं सत्तामा हेरेर तड्पियौं, म सत्तामा नजाँदैमा राजाका मान्छे र सल्लाहकारबाट तड्पिएको छु । राजासँग बदलाको भावना नलिऔं, आफ्ना गल्तीहरु पनि सम्झौं । राजाका रिसले देश बर्वाद नगराऔं ।’ तर उनले सुनेन् । माधव नेपाल पनि मेरो पुख्यौली पुरेतको ज्वाइँ भएकोले बोलचाल राम्रै थियो । उनलाई पनि आधा घण्टा जति सम्झाएको थिएँ-मे १८ मा । तर उनलाई भारतीय जासुसले फकाइसकेको रहेछ । अब यिनीहरु सबै त्यही खाडलमा जाकिन लागेका छन् ।
झलनाथ खनाल पनि प्रधानमन्त्रीका लागि तातेका छन् । तर झलनाथको अनुहार मात्र होइन, उनको भित्री छवि पनि भ्रष्ट मानिन्छ । आफ्नो अञ्चलको भनेर यसो बोली हिँड्थें । राजा वीरेन्द्रको स्वर्ण जन्मोत्सवको उपलक्षमा उनी सञ्चार मन्त्री बनेर राष्ट्रियताको वकालत गर्ने गर्थे अनि माओवादीको घोर बिरोध । आफ्नो पार्टीका नेता प्रधानमन्त्री भएको बेला माधव नेपाललाई खसाल्ने हरामीहरु निन्दनीय छन् । पञ्चकालमा बाग्लुङमा माष्टर भएको बेलाको फेरिहस्त प्रकाशित भएमा उनको जीवनकथा र काठमाण्डौंमा चित्रकारको घरमा रहँदा घरपट्टीकी छोरी उडाइदिएको बेलादेखि राजाको शासनकोबेलाको छेपारे प्रवृत्ति जगजाहेरै छ । भने त्यस्ता पींध नभएका नपुंसकहरुको छाँयामा नेपाल परेको छ ।
त्यस्तै रामचन्द्र पौडयाल पञ्चकालमा असनमा अमिलो बेचेको पैसा कांग्रेसीहरुले खोसेर खान्छन् भन्ने डरले जिल्ला भागिहाल्ने लोभी प्रवृतिदेखि संविधानसभाको बिरोधमा धावा बोल्ने मान्छे पछि भारु कुम्ल्याएर संविधान सभाको ओकालत गर्दै धर्मनिरपेक्ष, गणतन्त्रमा सती गएर दुर्इचार बंगला र पजेरोको हाकिम बनेर भारतीय ढलमा फँसिसकेका-लेण्डुबभन्दा माथिका मानिँदैनन् । निर्मल निवासमा माओवादीको परमधाम भनेर राजाबाट नै माओवादी चलाएको आरोप लगाएर राष्ट्र धरापमा पार्ने मध्येका धोकेवाज हुन् रामचन्द्र ।
डा. बाबुराम भट्टराई अरुको दाजोमा इमान्दार छन्, नेपालको इतिहास र पहिचानको ज्ञान नभएका विवादास्पद् वुद्धिजीवी । उनलाई भारतीय गुप्तचर संस्थाले नेपालको प्रधानमन्त्री बनाएर नेपाललाई भारतको छाताभित्र राख्ने एजेण्डामा बनाउन जोड गरेको छ, भनिन्छ । माओवादी नेता प्रचण्डले नै बाबुराम भट्टरार्इृलाई भारतले प्रधानमन्त्री बनाउन जोड गरेको कुरा पटकपटक बोलेका छन् । उनी भ्रष्ट नभएता पनि नेपालको अस्मिता डुबाउनमा सबैभन्दा सशक्त व्यक्ति हुन् । धर्मनिरपेक्ष, गणतन्त्र र जातीय आधारको संघीयताका उनी निर्माता हुन् । भारतीय समाचार पत्र पाइनोरले लेखेको थियो-

‘….Baburam Bhattarai and his family are openly Christian, Prachanda does not proclaim his religious affiliations but his wife’s entire family is Christian. His guru,Chandra Pradesh Gajurel, was a Christian preach’- Thu, 06 Sep 2007- http://www.dailypioneer.com

यसैगरी Baburam Bhattarai RAW Google र्सच गरियो भने बाबुराम भट्टराईको सक्कली परिचय सैयौं पृष्टमा पढ्न सकिन्छ । भन्नुहोस्- बाबुराम प्रधानमन्त्री हुँदाको अवस्थामा नेपालको अवस्था कस्तो हुने रहेछ ? अर्कातिर माओवादीले कब्जा गरेको सम्पत्ति र माओवादी सेना र हतियार विस्थापित नगरी वा एउटा निर्क्योलमा नपुगी माओवादीभित्रबाट कोही प्रधानमन्त्री बन्नसक्ने कुनै सम्भावना छैन ।
यसैगरी प्रधानमन्त्री खान गिरिजाकी छोरी सुजाता जोष्ट, गिरिजालाई भष्ट, देशद्रोही, वदनाम, विदेशी दलाल बनाएर नरकको बास गराउने सुजाता जस्तो कपुत छोरी यो पृथ्वीतलमा नजन्मियून् भनेर नेपाली आमाहरु भन्ने गर्छन् । जसले जर्मनी जोष्ट क्रिस्चियन्सँग बिवाह गरेर छोरी जोष्ट मुसल्मानलाई विवाह गर्राई नेपालका सबै ठेक्कापट्टा उनीहरुका हात र पहुँचमा पुर्‍याएर राष्ट्रको टाठ पल्र्टाईन् । जसको अनुहार हेर्दा पनि मान्छे अगति पर्छ, भनिन्छ । त्यस्ती मान्छे, जो भारतीय राजदूतकी खबरे बनेकी छिन् । गिरिजाको एकमात्र स्वार्थ छोरीलाई प्रधानमन्त्री बनाउने थियो । परराष्ट्र र उपप्रधानमन्त्री बनाएरै छाडे । सुजाताले आमाको नाममा सुष्मा ट्रष्ट खोलेर ब्रम्हलूट मच्चाइन् । त्यस्ती वद्नाम भ्रष्ट प्रधानमन्त्री बन्ने सपना देख्छिन् । यो कस्तो दुर्भाग्य ! प्रधानमन्त्री हुन चुम्चुमिएका अर्का व्यक्ति हुन्- विजय गच्छेदार । २०४८ सालपछिका भ्रष्टहरुमध्ये गिरिजा, शेरबहादुर, रामचन्द्र, वामदेव, विजय गच्छेदार पनि जयप्रकाश गुप्ता, गोविन्दराज जोशी, खुमबहादुर सरह एक गन्हाएका मान्छे हुन् । तर पनि विजय गज्छेदार यी मध्येमा सबैभन्दा राम्रो मान्छे हुन् । प्रधानमन्त्री हुने नै हो भने उनी एउटा उमेद्वार हुनसक्ने मान्छे हुन् । तर, क्षमताको अभाव र माओवादीको थप्पडबाट उनी उम्कन सक्दैनन् । भने, नेपालमा अब जो प्रधानमन्त्री बने पनि त्यो भारतको कठपुलती बनेर पनि सक्तैन ।
रोएर हुँदैन । हिजोको पाप धुरीबाट कराउँछ भन्ने कुरा कसैले नबिर्सियून् । भारतको हस्तक्षेपबाट राष्ट्र डुब्न लाग्दा भारत रिसाउँछ भनेर यिनीहरुमध्ये कसैले कोही चुइँक्क बोल्दैनन् । क्रिस्चियनहरुले नेपालका गाउँ-गाउँमा पसेर हिन्दूत्वमाथि बलात्कार गर्दा पनि यिनीहरु एक शब्द बोल्दैनन् । ‘रअ’ र ‘सीआए’ को घोडा बनेर देश बेच्नेहरु अझै सत्तामा बसेर ब्रम्हलुट मच्चाउन खोज्छन् भने भोलिका दिनमा नेपाली जनताले बहुला कुकुरलाई दिएको सजाय बराबर यिनीहरुले पनि भोग्नु पर्नेछ । स्मरणहोस्- सन् २००६ अप्रिल २४ को यिनीहरुले राजासँग गरेको सम्झौता असफल भइसक्यो । अब त्यही असफलतालाई ढाकछोप गरेर फेरि खान खोज्नेहरु आफै पासोमा पर्नेछन् । लोकतान्त्रिक सत्ता असफल भइसकेपछि अबको विकल्प भनेको प्रजातान्त्रिक राजा सहितको प्रजातन्त्रमा १९९० को संविधानमा र्फकनु नै हो । राजाबाटै माओवादीका प्रचण्ड वा पूर्व प्रधानन्यायधिसको नेतृत्वमा सर्वपक्षीय मन्त्रिपरिषद बनाएर त्यसैको आडमा निकास खोजिनु पर्दछ । अरु विकल्प केही छैन ।
Author can be reached at Email:[email protected]