अपरेशनबाट आधा उमेर कम

अपरेशनबाट आधा उमेर कम


लण्डन । सबैले भन्छन् -आफ्नो शरिरको छाला जस्तोसुकै भएपनि माया गर्नुपर्छ, तर, त्यतिबेला जसकसैलाई पनि असहृय हुन्ाजान्छ, जुन छालाको कारणबाट तपाई आफ्नो उमेरभन्दा पचास वर्ष बूढो देख्न थाल्नुहन्छ भने । चीनको एकजना सुअन जिनहुआ नाम गरेका व्यक्तिलाई आफ्नो शरीरको छालाको कारण उमेरभन्दा बूढो देखिएकाले जीवनमा केटी साथी बनाउन पाउलान् भनेर चिताएका थिएनन्, तर, हालैे गरेको अनुहारको छालाको सफल अपरेशनपछि उमेरभन्दा दशकौं बूढो देखिने अनुहार मेटिएर आफ्नै उमेरसँग मिल्ने अनुहार प्राप्त गरेका छन् र कसैसँग प्रीति गाँस्न पाइएला भन्ने रहर पूरा हुने आशा गरेका छन् ।
२९ वर्षीय सुअनको छाला परिवर्तन गर्ने वर्षभरिका कैयौं योजना मध्येको शुरुको अपरेशनको नतिजाबाट उनी अत्यन्त खुशी छन् । सुअन एउटा क्यूटिस लाक्सा भन्ने कहिलेकाहिँ कम मात्रलाई लाग्ने छालाको रोगबाट ग्रस्त थिए । यो रोग लागेपछि छालाको बढ्ने अथवा तन्किने क्षमता ह्रास भएर जान्छ साथै छाला झुण्डिएको रक्तबीज झै दोब्रिएर खुम्चिन्छ । विश्वभरिमा विगत दश वर्षभित्रको रेकर्डमा केवल दशजना मानिसलाई यो रोग लागेको फेला पारेका छन् । उनी सात वर्षको हुँदा शरीरमा यो रोगको संक्रमण भएको रहेछ । सबैभन्दा पहिले हातबाट संक्रमण हुँदै पूरा शरीरभरि फैलिएको रहेछ । दक्षिणी चीनका जिन्देझेनबाट सुअनले …मेरो ठूलो ईच्छा एउटा केटीसाथी प्राप्त गर्नु रहेको थियो, तर, कसैले पनि मलाई म युवा भए पनि पचास वर्षभन्दा बूढो देखिनुको कारणले गर्दा मतिर हेर्ने थिएनन्… भनेर समाचारदाताहरुलाई भनेका छन् । उनले आफ्नो बुवाआमालाई अपरेशनको लागि पैसा जोगाड गरिदिएकोमा अभार व्यक्त गरेका छन् । श्रोत -मेस, सुमल, मेस ।