जनसरोकार समाज हङकङबाट रु. १,०१,००१ सहयोग

जनसरोकार समाज हङकङबाट रु. १,०१,००१ सहयोग


हङकङ । एनेकपा माओबादीको बैधानिक मोर्चा नेपाली जनसरोकार समाज हङकङले आज नेपाल कन्सुलेट जनरलको कार्यालयमार्फत अनाथ, असहाय तथा शहीद परिवारका बालबच्चाका लागि रु १,०१,००१ को सहयोग राशी हस्तान्तरण गरेको छ । गत तिहारमा देउसी भैलोबाट सँकलित रकमबाट सो सहयोग जुटाइएको हो । उक्त सहयोग विविन्न जिल्लामा पठाइने भए तापनि मुख्य रुपमा जनजागरण प्राथमिक बिद्यालय, जुवाङ, रोल्पामा जाने बुझिएको छ । उक्त बिद्यालयका १५० बिद्यार्थी हाल भवनबिहीन अवस्थामा आफ्नो अध्ययनलाई अघि बढाउन वाध्य भएको अवस्था छ । सानै रकम भएता पनि रकमले कैयौ वालवालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका हुने विश्वास गरिएको छ ।
नेपाली जनसरोकार समाज हङकङका कार्यावाहक अध्यक्ष कृष्ण बहादुर लिँखाबाट महावाणिज्यदूत बिनोध उपाध्यायलाई उक्त रकम औपचारक रुपमा हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा एनेकपा माओबादी हङकङका पार्टी सचिव पूर्ण लोक्सोम, नेपाली जनसरोकार समाज चुनवान समितिका अध्यक्ष देबिदास राई, सोही समाज काउलुन समितिका उपाध्यक्ष जजिन चाम्लिङ, सह कोषाध्यक्ष मन प्रसाद गुरुङ, किराती राष्ट्रिय मुक्तिमोर्चा हङकङका सचिव पिताम्बर राईलगायको समेत उपस्थिति रहेको थियो ।

एनेकपा माओबादी हङकङका पार्टी सचिव पूर्ण लोक्सोमले सो सहयोग तिहारबाट सँकलित भएको हुनाले तमाम हङकङवासीको नामबाट एक पुनित काममा जाने जानकारी गराए । साथै आगामी बर्षहरुमा सो प्रकारको सहयोगलाई अझ सशक्त र देशब्यायी रुपमा निरन्तरता दिइने जानकारी गराए । उक्त कार्यक्रममा नेपाली साझा क्लब हाउस तथा शरणार्थी समस्यासम्बन्धी सामान्य छलफल भएको थियो । स्मरण रहोस्, नेपाली जनसरोकार समाज हङकङ विविध हङकङवासी नेपालीका जनमुखी ५ बँदे माग लिएर गत नोभेम्वरमा पनि दूतावास गएको थियो । साथै गएको ३ महिनामा ८ उप समिति गठन गरी सशक्त साँगठानिक विस्तार गरिसकेको समितिको आगामी ६ फेब्रुवरीमा दोश्रो अधिवेशन हुने जानकरी प्राप्त भएको छ ।-पूर्ण, मेस