विश्वकप १०को केही घतलाग्दा तथ्यहरु

विश्वकप १०को केही घतलाग्दा तथ्यहरु


लण्डन । प्रत्येक चारवर्षमा खेलिने फुटबल खेल संसारकै सर्वाधिक लोकप्रिय खेल साबित भएको छ । हालै दक्षिण अफ्रिकामा सम्पन्न भएको खेलमा दक्षिण अफ्रिकाले राम्रो व्यवस्थापन गरेर लाखौ खेलप्रेमी र पर्यवेक्षकहरुको मन जित्न सफल भएको छ भने फाइनल खेलको दिनमा अफ्रिकी मुलुक उगाण्डामा आतंककारीहरुबाट गरेका आत्मघाती हमलाले नकारात्मक संदेश मानव समुदायमा दिएको छ । तर पनि विश्वभरि यसपटकको विश्वकप प्रतियोगिताले एउटा अविस्मरणीय असर छाडेको छ । स्पेनको विजयले स्पेनवासीको धङधङी आजसम्म गएको छैन । यसपालीको विश्वकपले दिएका केही घतलाग्दा रेकर्ड र अविस्मरणीय तथ्यहरु निम्नअनुसार छन् :-
· विश्व चैम्पियन स्पेनले विश्वकप फुटबल प्रतियोगितामा विजय भएको इतिहासमा पहिलोचोटी हो र विश्वकप प्रतियोगितामा ८ वटा गोल गरेको अहिलेसम्मको विश्वकप विजेता हुनेहरुमा सबैभन्दा कम गोल गर्ने विजेता टिममा पर्छ ।
· प्रतियोगिताभरि २४५वटा पहेलो कार्ड र १७ वटा रातो कार्ड देखाएका थिए । यो चारवर्षअघि भएको विश्वकपमा देखाएको भन्दा ६२ वटा पहेँलो कार्ड र ११वटा रातो कार्ड कम छन् ।
· स्पेनका मिडफिल्डर जाभीले औसत ९४वटा पास प्रत्येक खेलमा आफ्नो टीमका खेलाडीलाई मिलाएका थिए जो कुनै पनि विश्वकप खेलाडीको भन्दा बढी छ ।
· जर्मनीका विंगर थोमस मुल्लरले ६वटा म्याचमा ५ गोल र तीनवटा गोल हान्नुमा मद्दत गरेकाले गोल्डन बूटबाट पुरष्कृत भएका थिए ।
· गोलरहित गोलपोष्टमा धेरैचोटी बल प्रहार गर्ने खेलाडीमा अर्जेन्टिनाका लियोनल मेस्सी हुन् जसले सबैभन्दा बढी २१वटा असफल प्रहार गरेका थिए ।
· सन् २०१०को विश्वकपमा जम्मा १४५ गोल भएको थियो । सन् १९९४को विश्वकपमा भएको १४१ गोल छाडेर यसपालिको विश्वकपमा पनि सबैभन्दा कम गोल भएको विश्वकप हुन आएको छ ।
· इङ्गल्याण्ड हालसम्म विश्वकप प्रतियोगिताहरुमा दशपल्ट गोलरहित बराबर (ड्र) भएको रेकर्ड रहेको छ ।
· स्टेडियमको क्षमताभन्दा सात प्रतिशत कम दर्शकहरुको औसत उपस्थिति रहेको प्राप्त भएको छ ।
· विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा सबैभन्दा बढी पास ३७५२वटा पास स्पेनका खेलाडीहरुले गरेर रेकर्ड कायम गरेका छन् ।
· शुरुको पहिलो प्रतियोगिता हारेर विश्वकप जित्ने टिम स्पेन पहिलो टिम भएको छ ।
· न्युजिल्याण्ड कुनै पनि टिमसित नहारिकन विश्वकप प्रतियोगिता खेलबाट बाहिरिएको थियो ।
· मिरोस्लाव क्लोसकोले दक्षिण अफ्रिका सहितको विश्वकप खेलेर १४वटा गोल गरेका रेकर्ड राखेको छ ।
· साउथकोरिया सँगको खेलमा अर्जेन्टिनाका गोन्जालो हिगुएनले ३वटा गोल गरेर यसपालिको विश्वकपमा ह्याट्रिक गर्ने एक मात्र व्यक्ति भएका छन् ।
· यसपालिको विश्वकपमा चारवटा विश्वका ठूला टिमहरु (ब्राजिल, अर्जेन्टिना, जर्मनी र इटली) बिनाको पहिलो फाइनल खेल भएको छ ।
श्रोत – नेट, सुमल, मेस