एकाउन्नऔं स्तरीय बसोबासयोग्य शहर लण्डन

एकाउन्नऔं स्तरीय बसोबासयोग्य शहर लण्डन


लण्डन । विश्वका उत्कृष्ट अनि स्तरीय पचास शहरहरुको नामहरु, इकोनोमिक्स इन्टेलिजेन्स युनिटको एक विश्वव्यापी अनुसन्धानबाट भर्खरै सार्वजनिक गरिएका छन् । दुःखको कुरा, यी पचासवटा शहरहरुको लाइनभित्र, लण्डन शहर पर्न सकेको छैन ।
शहरी स्वास्थ्य स्तर, कला तथा संस्कृति, पर्यावरण तथा शहरीकरणका संरचनाहरुलाई विशेष ध्यान दिएर विभिन्न शहरहरुको सर्वेक्षण गरिएको हो । क्यानडाको भ्यानकुभर ९८ प्रतिशत मत ल्याएर उत्कृष्ट अनि स्तरीय शहरहरुको दाँजोमा माथिल्लो स्थानमा रहन पुगेको छ भने अस्ट्रियाको भियाना दोस्रो अनि अष्ट्रेलियाको मेलब्।रोन तेस्रो स्थानमा रहेको छ । टप २० त्यस्ता शहरहरुमा अष्ट्रेलियाका पाँचवटा शहरहरु, क्यानाडाका तीन शहरहरु र जर्मनका दुई शहरहरु छन् ।
यूकेको एउटै शहर म्यान्चेस्टरले सो पचास शहरहरुको लाइनमा छयालीसौं स्थानमा आफूलाई घुसारउन सफल भएको छ भने विश्वमा अनेक प्रसंग र कारणहरुले चर्चामा अगाडि आएको लण्डन भने एकाउन्नौं स्थानमा रहेको छ । जिम्वावेको हरारे १४०औं स्थानमा छ ।
-देब, मेस, श्रोतः इन्डेपेन्डेन्स