राजर्षी गुरुकुललाई फुटसल उपाधि

राजर्षी गुरुकुललाई फुटसल उपाधि


राजर्षी गुरुकुल स्कुल भक्तपुरले एनके सिंह मेमोरियल फुटसलको उपाधि जितेको छ । बानेश्वरस्थित एनके सिंह मेमोरियल इपिएस स्कुलको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा राजर्षीले लोयल्टी स्कुलमाथि २–१ गोल अन्तरको जित निकाल्दै उपाधिमाथि कव्जा जमाएको हो ।

राजर्षीको जितमा नायक बनेका कृपाल गिरिले २ गोल गरेको विद्यालयका फुटबल प्रशिक्षक प्रज्ज्वदप्रताप क्षत्रीले जानकारी दिएका छन् । टिमको सहायक प्रशिक्षकमा पुष्प विष्ट रहेका थिए ।

एनके सिंह मेमोरियल इपिएस स्कुलको स्वर्ण जयन्तीको अवसरमा भएको प्रतियोगितामा च्याम्पियन राजर्षीले ट्रफि र मेडल प्राप्त गरेको एनके सिंह मेमोरियल इपिएस स्कुलका भाइस प्रिन्सिपल राजेन्द्र शर्माले जानकारी दिए ।

लिगकम नकआउटको आधारमा भएको एकदिने फुटसल जेम्स स्कुल धापासी तेस्रो भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा जेम्सले ब्राइट फ्युचरमाथि पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरको जितेको थियो ।

प्रतियोगिताको विजेता खेलाडीलाई अखिल नेपाल फुटबल संघ महिला कमिटीकी अध्यक्ष कल्पना पिया र एनके सिंह मेमोरियल इपिएस स्कुली प्रिन्सिपल प्रिमिला सिंह लगायतले पुरस्कृत गरेका थिए ।