सत्तरी करोड चिनियाँहरु नयाँ वर्ष मनाउन घरतर्फ

सत्तरी करोड चिनियाँहरु नयाँ वर्ष मनाउन घरतर्फ


लण्डन । आउने सप्ताह बिहीवारको दिनमा मनाइने चिनियाँ नयाँ वर्ष अथवा खरायो वर्षको पावन अवसरमा मानव इतिहासमा विश्वको सबैभन्दा विशाल जनसमुदायको आवागमन यही हप्तान्तबाट शुरु हुँदैछ । आपूर्ति चमात्कारको पराकाष्ठा विश्वले हप्ताभरि देख्ने छन् । घर पुग्ने सपना बुन्दै सालभरि कामको सिलसिलामा गाउँ छोडेर बाहिर गएका चिनियाँहरु कैयौं दिनदेखि नै टिकटका लागि कठ्याङ्ग्र्र्रिने जाडोमा उभिएर लाइनमा उभिँदै आएका छन् । रेलको टिकट बुकिङ गर्ने कोङकोर्सहरुमा तिल राख्ने ठाउँ छैन । प्रत्येक वर्ष नयाँ वर्ष मनाउनकालागि देशका विभिन्न भागहरुमा काममा गएका साथै विदेशमा काम गर्न गएका चिनियाँहरु चिनियाँ नयाँ वर्ष मनाउन साधारणतया घर फर्कछन् ।
५ वर्ष पहिलेको तथ्यांकभन्दा यसपालि साढे तीन करोड बढी मानिसहरुले नयाँ वर्षमा यात्रा गर्नेछन् भनेर सम्बन्धित निकायले जानकारी दिएको छ । यसरी घर पुग्ने होडमा यात्रा गरिरहेकी २५ वर्षीया युवती गुओ लिझिङ बेइजिङको रेलवे कोङकोर्समा आज बिहानैदेखि घर जाने टिकट किन्नलाई पुगेर लाइनमा आत्तुर भएर उभेकी छिन् । यसरी लाइन लाग्ने क्रममा एकजना माइग्रेन्ट कामदारले पूर्वीप्रान्त जेझाङको एउटा रेलवे स्टेशनमा १४ घण्टा लाइन लागेर उभिँदा पनि घर जाने रेलको टिकट नपाएपछि धैर्यता गुमाएर विक्षिप्त जस्तै भएर विरोध गर्नलाई आफूले लगाएको सबै वस्त्र खोलेर निर्वस्त्र नाङ्गो भएको समाचार प्रसारण गरिएको थियो । टिकटका लागि लाइनमा लागेकी गुओले धैर्यता भने गुमाएकी छैनन् तर, बेइजिङबाट आफू हिबेइ प्रान्तको सानो शहर हान्डानसम्मको आफ्नो अन्तिम गन्तव्य पूरा गर्न सकिन्न कि भनेर आत्तिइँदै गइरहेकी छिन् । बेइजिङसम्म काम गर्ने ठाउँबाट रेलयात्रा गरेर आउँदा तिनीहरुलाई २२ घण्टा लागेको थियो ।
गुओले समाचारदातालाई चंखो आँखाले आफूले भतिजाको लागि ल्याएकी ल्यापटप कम्प्युटर उपहार देखाउँदै …हामी हान्डान जानको लागि पर्खिरहेका छौँ, तर, हान्डान जाने फास्ट ट्रेनको टिकट सिद्धियो अरे भनेर टिकट अफिसले भन्छन्… भनेर दुखेसो पोखाउँछिन् । तिनी लाइनमा उभिँदै अर्को सँगैजाने साथीको ब्यागेज पनि कुर्दैछिन् । तल गल्लीतिर आँखा लगाउँदा खुट्टाले चलाउने चक्कावाला गाडीहरुमा रोस्ट गरिएका स्वादिष्ट भ्ोक्युम पैक गरेका पेकिङ डकहरु (रोस्ट गरेका हाँसहरु) धमाधम बिक्रि गरिरहेका देख्छन् जसलाई चिनियाँहरुले नयाँ वर्षमा चाख लिँदै खाने र खुवाउने गर्छन् । घण्टौं कठ्याङ्ग्र्रिने जाडोमा प्रतीक्षारत् तिनीजस्तै अझ २३ करोड चिनियाँहरु धैर्य धारण गरेर रेलका टिकट कुरेर बसेका छन् ।
वर्षभरि कामको सिलसिलामा परिवार छोडेर बाहिर गएका चिनियाँहरुको यसरी व्यग्र भएर यात्रा पूरा गरी पारिवारिक रमाइलो पुनर्मिलन हुँदा खुशीको सीमा हुँदैन । … म आफ्नो बुवाआमा र तीनजना भाइहरुलाई कहिले भेटि्टन्छन् भनेर एकदमै व्यग्र भइरहेकी छु …गुओले भन्छिन् । करौडौं चिनियाँहरु जसरी नै गुओ आउने हप्ता घरमा पुगेर आमालाई मद्दत गर्दै मीठा-मीठा चिनियाँ परिकारहरु बनाएर इष्टमित्रहरुसँग खाँदै, भेट्दै रमाइलो गर्नेछिन् । त्यसपछि खाइपिइ गरिसकेपछि गुओलगायत लगभग एकसय तीस करोड चिनियाँ जनताहरुले राज्यले प्रसार गर्ने वार्षिक बसन्त ऋतुको यो अपूर्व पर्वको अवसरको ५ घण्टे प्रसारण जसमा बेइजिङ अपेरा, नृत्य, जादू खेल, रुपहली पर्दाका कलाकारहरुका प्रदर्शन र हास्यव्यङको प्रस्तूतिहरुमा हराउने छन् । श्रोत – टेलिग्राफ, सुमल, मेस ।