[गजल] भन्छौ रे तिमी-बज्र कुमार राई

[गजल] भन्छौ रे तिमी-बज्र कुमार राई


जिउँदै चितामा त्यो परोस् भन्छौ रे तिमी।।
बाँच्नुभन्दा त त्यो मरोस् भन्छौ रे तिमी।।

के सन्देश छ उसलाई लगिदिन्छु भन्दा,
तारे भीरबाट त्यो झरोस्, भन्छौ रे तिमी।।

उसलाई बचाऊ ज्यान जोखिममा छ भन्दा,
दनदन आगोमा त्यो जलोस्, भन्छौ रे तिमी।।

सिकिस्त छ कुनै औषधिमुलो लागेन भन्दा,
निकै नहुने रोग सरोस्, भन्छौ रे तिमी।।

हरेकपल तिम्रो प्रेममा ऊ तड्पिरहेको छ भन्दा,
पीरैपीरले जीन्दगी चलोस्, भन्छौ रे तिमी।।

आखिर किन मायाप्रितिको महल बनायौ भन्दा,
नराम्रो सपना थियो त्यो ढलोस्, भन्छौ रे तिमी।।

ऊ यति विवश, लाचार र असहाय छ भन्दा,
दैबले पनि आँखा छलोस्, भन्छौ रे तिमी।।