राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा शुरु भएको छ ।
युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले टेक्निकल कमिटिका संयोजक एशियन रेफ्रि क्यानिडेड टहलसिंह थापामगरलाई बल हस्तान्तरण गदै प्रतियोगिताको उद्घाटन गरेको थिए ।
पाँच बिकास क्षेत्र र तीन बिभागिय टिम सहभागिता रहेको प्रतियोगिताको पुरुषतर्फ को लिग खेलमा आर्मी, एपीएफ, पश्चिमाञ्चल र पुलिसले सफलता हात पारेका छन् । त्यस्तै महिलातर्फ लिग खेलमा एपीएफ, मध्यामञ्चल, पश्चिमाञ्चल र पुलिसले बिजयी शुरुवात गरेका छन् ।
प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा नेपाल आर्मीले पूर्वाञ्चललाई २५–२०,२५–१९ र २५–१४ को सोझो सेटमा हरायो । अर्को बिभागिय टिम एपीएफले सुदूरपश्चिमाञ्चललाई २५–१२,२५–१७ र २५–१३ को सोझो सेटमा स्तब्ध बनायो । पुरुषकै तेश्रो खेलमा नेपाल पुलिसले मध्यापश्चिमाञ्चललाई २५–१६,२५–१७ र २५–१६ को सोझो सेटमा हराउदा घरेलु टिम पश्चिमाञ्चलले मध्यामञ्चललाई २५–२१,२५–२२ र २५–१६ को सोझो सेटमा रोक्यो ।
पोखरा रंगशालामा भएको महिलातर्फको लिग खेलमा एपीएफले पूर्वाञ्चललाई २५–२,२५–४ र २५–७ ले हराउदा मध्यामञ्चलले मध्यापश्चिमाञ्चललाई २५–७,२५–११ र २५–१० को सोझो सेटमा हरायो । त्यस्तै पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–२,२५–४ र २५–८ को सोझो सेटमा हरायो । पहिलो बिभागिय टिम नेपाल पुलिसले कान्छो बिभागिय टिम नेपाल आर्मीलाई २५–१३, २७–२५ र २५–६ को सोझो सेटमा रोकेको थियो ।
प्रतियोगिताका दुवै समूहका बिजेताले ५० हजार उपबिजेताले ३० हजार र तेश्रो हुनेले २० हजार नगद प्राप्त गर्ने छन् । त्यस्तै महिला तथ पुरुषका उत्कृष्ट खेलाडीले जनही ५ हजर तथा बिधागत उत्कृष्ट हुने खेलाडीले जनही ३ हजार नगद प्राप्त गर्ने छन् ।
प्रतियोगिताका सहभागि टिमलाई दुई समूह बिभाजन गरि लिगकम नकाउटका आधारमा खेल संचालन गरिएको टेक्निकल कमिटिका संयोजक एशियन रेफ्रि क्यानिडेड टहलसिंह थापामगरले जनाए । प्रतियोगिता १५ गते सम्म संचालन हुनेछ ।
प्रतिक्रिया