नेपाल आर्मी क्लब र मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत तेश्रो राष्ट्रिय सेपाकताक्रो प्रतियोगिताको उपाधि जितेका छन् । रेगु स्पर्धाको पुरुषमा आर्मी र महिलामा मध्यमाञ्चल च्याम्पियन बनेका हुन् ।
पुरुष फाइनलमा आर्मीले पूर्वाञ्चललाई २१–१३ र २१–१७ को सोझो सेटमा पराजित गरेको हो । अनिल जर्घा मगरको कप्तानीमा रहेको आर्मीबाट शैलेश दाहाल, सूर्य चौधरी, मुकुन्द गौतम र दिपेश थापाले प्रतिस्पर्धा गरेका थिए । पूर्वाञ्चलको टोलीमा रोशन तामाङ, अमृत बस्नेत, राजिव खतिवडा, श्रजेश श्रेष्ठ र रोशन राईले रहेका थिए ।
मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई १९–२१, २१–१५ र १५–१२ को सेटमा हराउदै तेश्रो भयो । पुरुषमा पाँच विकास क्षेत्र र आर्मी गरी ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
पाँच विकास क्षेत्र सहभागी महिलाको राउन्ड रोविन लिगमा सबै खेलमा जित निकाल्दै मध्यमाञ्चल पहिलो भएको हो । सलिना थापा, सुमित्रा डंगोल, उषा महर्जन, निकिता लामा र स्वस्तिका श्रेष्ठ सम्मिलित मध्यमाञ्चल टोलीले १२ अंक जोडेका थिए ।
सोममाया थापा मगर, लिजा गुरुङ, तृष्णा सुनवार, जेनिशा थापा मगर र बेनिका ठाडा रहेको पश्चिमाञ्चल टोली ९ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानको सुदूरपश्चिमाञ्चलले ६ अंक प्राप्त गरेको थियो । प्रतियोगिता तीन दिनसम्म संचलान भएको थियो ।
प्रतिक्रिया