खमेर च्याम्पियनसिपका स्वर्ण विजेता सम्मानित

खमेर च्याम्पियनसिपका स्वर्ण विजेता सम्मानित


खमेर च्याम्पियनसिपका स्वर्ण विजेता सम्मानितखमेर च्याम्पियनसिपका स्वर्ण विजेता सम्मानित

नेपाल राष्ट्रिय मुवाँथाई संघले प्रथम विश्व कुन खेमर च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

कम्बोडियाको नोम्फेनमा डिसेम्बर ८ देखि १० तारिखसम्म भएको प्रतियोगितामा स्वर्ण जितेका दुई खेलाडीलाई सम्मान गरिएको हो ।

पुरुषको ५५ केजी तौलसमूहमा राहुल थोकर लामा र महिलाको प्रोफेसनल ६७ केजीमा अनिशा खड्काले नेपाललाई स्वर्ण दिलाएका थिए । दुवैले कम्बोडियाका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । दुवैलाई समान १०–१० हजार नगदबाट पुरस्कृत गरिएको थियो ।

पूर्व सांसद् अमृता थापाले दुवै खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेकि थिइन् । सो अवसरमा प्रतियोगितामा प्रशिक्षकका रुपमा सहभागी नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत गणेशलाल कक्षपतिलाई पनि सम्मान गरिएको थियो ।