नयाँ दिल्लीमा सम्पन्न तेस्रो दक्षिण एशियाली अन्तर्राष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसीप प्रतियोगितामा नेपाली खेलाडीहरुले ऐतिहासिक सफलता प्राप्त गरेका छन् ।
प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको जापान गोजुरीयो कराते डो मिशन संघका २१ खेलाडीहरु सबैले पदक जित्न सफल भएका थिए ।
उक्त प्रतियोगितामा नेपाली खेलाडीहरुले १६ स्वर्ण सहित ४ रजत र १ काश्य पदक जितेर नेपाल टीम च्याम्पियन बनेको हो । जापान गोजुरीयो कराते डो मिशन संघका अध्यक्ष एबं सस्थापक केबिराना(काजि)ले नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पारेको जनाकारी गराएका छन् ।
प्रतियोगितामा साहिल गुरुंग, प्रशान्त थापा, प्रशुन शाही, डिब्बिन गुरुंग, रिजन पाण्डे, एलिशा घिमिरे, शिबम बस्नेत,रोशन राना, सुमन परीयार, शिबानी बस्नेत, शुष्मा पाण्डे,बिपना जिएम, मेख बहादुर जिएम, बिपिन राना, राजकुमार हरिजन र सञ्जय चौधरीले स्वर्ण पदक जितेका थिए । त्यस्तै प्रियन्का थापा, क्रितिमा गौतम, कनिश्क राना र दिल बहादुर बुढाथोकी रजत पदक जितेका थिए ।
मार्शल आर्टस स्कुल एशोसियसन अफ ईन्डियाको आयोजनामा भएको प्रतियोगितामा भारतिय टिम दोश्रो स्थान र श्रीलंकाको टिम तेश्रो स्थानमा भएका थिए । बिजेता खेलाडीहरुलाई दिल्ली क्षेत्रका लोकसभा सदस्य एबं भाजपा नेता मनोज तिवारी, नेशनल कराते फेडरेशन अफ ईण्डियाका महासचिब तथा सस्थापक राजु थापा, मासाका फाउन्डर तथा ग्राण्ड मास्टर हरिश कुमार , भारतिय मार्शल आर्ट प्रशिक्षक संघका अमित चुघा, बिनय मणि त्रिपाठी, जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका अध्यक्ष केबि राना(काजी) लगायतले पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
दिल्ली स्थित तालकटोरा ईन्डोर स्टेडियममा सम्पन्न प्रतियोगितामा नेपाल सहित आयोजक भारत सहित श्रीलंका, भुटान, बंगलादेश र मालदिभ्सका गरी २ सय बढी खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।
प्रतिक्रिया