नेपाल आर्मी र एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला तथा ३१ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । पुरुषतर्फको उपाधि भिडन्तमा आर्मीले एपीएफमाथी ३–० को सानदार जित निकालेको थियो । त्यस्तै महिला भलिबलको फाईनलमा एपीएफले मध्यामाञ्चललाई ३–० को सोझो सेटमा नै स्तब्ध पारेको थियो ।
पोखरा रंगशालाको भलिवल ट्रेनिङ सेन्टरमा भएको पुरुषको फाईनल खेलमा नेपाल आर्मीले एपिएफलाई २५–१२, २५–२३ र २५–१५ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै महिलातर्फ एपिएफले मध्यमाञ्चललाई २५–१८, २५–१४ र २५–१० को सोझो सेटमा हराएको हो । पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चलले तेश्रो स्थान हासिल गरेको छ । महिला तर्फ भने नेपाल पुलिस तेश्रो हुन सफल भएको छ ।
महिलातर्फ एपिएफकी सरस्वती चौधरी र पुरुषतर्फ आर्मीका मान बहादुर श्रेष्ठ उत्कृष्ट खेलाडीको उपाधि जितका थिए । दुवै समूहका उत्कृष्ट खेलाडीले जनहि १५÷१५ हजार नगद प्राप्त गरका थिए । प्रतियोगितामा विजेताले ५० हजार र उपबिजेताले ३० हजार र तेश्रो हुनेले २० हजार नगद साथ ट्रफि मेडल प्रमाण पत्र प्राप्त गरका थिए ।
प्रतिक्रिया