स्क्वासमा अरहान्त र भावनालाई स्वर्ण

स्क्वासमा अरहान्त र भावनालाई स्वर्ण


अरहान्तकेशर सिंह र भावना सुनुवारले राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको सिंगल्समा स्वर्ण जितेका छन् । च्याम्पियनद्वय मध्यमाञ्चलका खेलाडी हुन् ।

सातदोबाटोमा भएको पुरुष सिंगल्स फाइनलमा अरहान्तले पश्चिमाञ्चलका अमृत थापा मगरलाई ८–११, ११–९, ११–५ र ११–७ को सेटमा पराजित गरेका हुन् । मध्यमाञ्चलकाद्वय चिरी लामा र राजेन्द्र शाक्य तेश्रो भए ।

अरहान्तले प्रतियोगतामा २ स्वर्ण जिते । उनीसंगै सुदीपबहादुर सिंह, चिरी लामा र विनोदरत्न शाक्यको टोलीले मध्यमाञ्चललाई स्वर्ण दिलाएको हो ।

महिला फाइनलमा भावनाले पश्चिमाञ्चलकै कृष्णा थापालाई ११–६, ११–६, ६–११ र ११–७ को सेटमा पराजित गरेकि थिइन् । मध्यमाञ्चलकाद्वय विपना ब्लोन र स्वस्थानी श्रेष्ठ संयुक्त रुपमा तेश्रो भए ।

पुस १० गतेदेखि सुरु प्रतियोगितामा ३ विकास क्षेत्र (मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चल) तथा १ विभागीय टोली (नेपाल प्रहरी) का ४४ खेलाडी सहभागी थिए ।

३२ पुरुष र १२ महिला खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुरुष/महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा भिडन्त भएको थियो ।