तेलङ्गना सरकारले भारतीय महिला क्रिकेट टीमकी कप्तान मिताली राजलाई १ करोड भारतीय रुपैयाँ प्रदान गरेको छ । मितालीलाई घर बनाउन तेलङ्गना सरकारले १ करोड पर्ने ६ सय बर्गफुटको जमिन प्रदान गरेको हो । उक्त कुरा तेलङगना सरकारद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कप्तान मितालीलाई हालै तेलङ्गना सरकारले सम्मान गरेको थियो । सो सम्मान कार्यक्रममा राज्यका खेलकुद मन्त्री टी पद्यारावले सम्मान स्वरुप उक्त जग्गा प्रदान गरेका थिए । सो अवसरमा मितालीका प्रशिक्षक आरएसआर मूर्तिलाई पनि २५ लाख रुपैयाँ प्रदान गरिएको थियो । खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्न मुख्यमन्त्री चन्द्रशेखर रावको निर्देशनमा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो ।
गत जुलाईमा सम्पन्न महिला विश्वकप क्रिकेट प्रतियोगितामा मिताली राजले कप्तानी गरेको भारतीय टीम फाइनलमा पुगेको थियो । फाइनलमा इङ्गल्याण्डसंग पराजित भएपनि उक्त विश्वकपमा मितालीले उत्कृष्ट प्रदर्शन गरेकि थिइन् । मितालीले आफुले खेलेको ९ पारीमा ४ सय ९ रन बनाएर सर्वाधिक रन बनाउने भारतीय खेलाडी बनेकी थिइन् ।
प्रतिक्रिया